७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको पारस खड्काको घोषणा


१९ साउन। काठमाडाैँ । नेपाली क्रिकेटमा पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन । ‘अन्तर्राष्ट्रिय क्रिकेटरका रुपमा मेरो यात्रा टुंगिएको छ तर नेपाली क्रिकेटका लागि मेरो सपना भने अझै बामे सर्दैछन्,’ पारसले सामाजिक सञ्जालमा आफ्नो सन्यास घोषणाबारे लेखेका छन, ‘मैदानभित्रका यी दुई दशक जीवन रहुञ्जेल मिठो यादका रुपमा मसँग रहनेछन् । हामी सबैले मिलेर नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउने छौँ भन्ने विश्वास लिएको छु ।’

नेपालका सफल कप्तान तथा अलराउन्डर खड्काले नेपाललाई २००४, २००६ र २००८ गरी तीनवटा अन्डर १९ विश्वकपमा नेपालको प्रतिनिधित्व गरेका थिए । उनी सन् २००९ मा नेपाली क्रिकेट टोलीको कप्तान भएका थिए । सन् २००७ को अन्डर–१९ एसीसी ट्रफीमा उनी म्यान अफ द टुर्नामेन्ट घोषित भए । उनको प्रेरणामा नेपाल अन्डर १९ विश्वकपमा स्थान बनाउन सफल भएको थियो ।

नेपालका लागि पारसले १० वटा एकदिवसीय खेलमा एक शतक र अर्धशतकसहित ३१५ रन बनाएका छन । त्यस्तै ३३ टी–२० खेलमा एक शतक र ४ अर्ध शतकसहित उनले ७९९ रन बनाएका थिए । एक दिवसीयमा उनले ९ विकेट तथा टी–२० मा ८ विकेट लिन सफल भएका थिए ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलवार १०:०६