६ चैत्र २०८०, मंगलवार | Tue Mar 19 2024

कर्णालीका चार सांसदको पद गुमेपछि माधव नेपाल अध्यक्ष ओलीसँग भेट्न तयार


१८ साउन, काठमाडौँ । कर्णाली प्रदेशका चार संसदको पद गुमेपछि वरिष्ठ नेता मामाधवकुमार नेपाल अध्यक्ष केपी शर्मा ओलीसँग छलफलका लागि तयार भएका छन । उनी निकट नेता रघुजी पन्तका अनुसार केही दिनभित्रै अध्यक्ष ओली र नेता नेपालको बीचमा भेटवार्ता हुनेछ । उनले भने, ‘उहाँहरुको भेटघाट छिट्टै हुन्छ, तर मिति नसोध्नुस् । भेटघाट हुँदैछ भन्ने बुझेको छु ।’ पछिल्लो समय माधव नेपालले अन्य दलका नेताहरूसँग भेटेर कुरा गरे पनि एमाले अध्यक्षसँग भेट्न अस्वीकार गर्दै आएका थिए ।

नेता पन्तले शिर्ष नेताहरुको निर्देशन र सल्लाहअनुसार एकता अघि बढिरहेको हुँदा बाहिर कसले के बोल्यो भन्ने महत्वपूर्ण नहुने पबताए । उनले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच छिट्टै भेटघाट र कुराकानी हुने आशा व्यक्त गरे । माधव नेपाल पक्षीय संसदहरुको बैठकले पार्टी एकताको वातावरण बिगार्ने गरी दुवै पक्षबाट सार्वजनिक अभिव्यक्तिहरु आउन नहुने निचोड पनि निकालेको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार १९:४५