१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

ईपीएलमा किङ्स-११ को कप्तानी सन्दीपले गर्ने


१८ साउन, काठमाडाैँ । सन्दीप लामिछानेले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा काठमाडौँ किङ्स-११ को कप्तानी गर्ने भएका छन् ।

सोमबार काठमाडौँले सामाजिक संजालबाट राष्ट्रिय टिमका लेग स्पिनर सन्दीपलाई कप्तानीको जिम्मेवारी दिईएको जनाएको छ । सन्दीप यसै सिजनका लागि काठमाडौँमा आबद्द भएका हुन् । सन्दीप तेस्रो संस्करणमा ललितपुर प्याट्रीयट्समा आबद्द थिए ।

चौंथो संस्करणको ईपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ । यस पटक काठमाडौँबाट पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदीले समेत खेल्ने छन् । काठमाडौँले ४४ वर्षीय अफ्रिदीले चौंथो संस्करणको ईपीएल खेल्ने घोषणा गरिसकेको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार १८:०८