७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

माओवादी छाडेका ४ नेताको पक्षमा सर्वोच्चले दिएन अन्तरिम आदेश


१८ साउन, काठमाडाैँ । नेकपा माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका चार नेताको पक्षमा कारण देखाउ र अन्तरिम आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ।

न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीको रिटमाथि सुनुवाइ गर्दै सुविधा सन्तुलन समेतका दृष्टीले अन्ख्तरिम आदेश जारी गर्नु मनासिव नदेखिएको जनाएको छ ।

चारैजनाले माओवादीको कारवाही अवैधानिक रहेको भन्दै सांसद पदमा पुनर्वहालीका लागि अन्तरिम आदेश माग गरेका थिए ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार १७:४५