६ चैत्र २०८०, मंगलवार | Tue Mar 19 2024

प्रकाश ज्वालासहित एमालेका चार सांसदको जागिर चैट, सर्वोच्चबाट कारबाही सदर


१८ साउन, काठमाडाैँ । प्रकाश ज्वालासहित एमालेका कर्णाली प्रदेशका चार सांसद पदमुक्त भएका छन । सर्वोच्च अदातले उनीहरू माथिको कारबाही सदर गरेको हो । फ्लोर क्रस गरेर माओवादी सरकार जोगाउन लागेका ज्वालसहित अम्बर थापा,कुर्मराज शाही र नन्दसिंह बुढाको सांसदको जागिर सकिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र न्यायाधीश प्रकाश ढुंगानाको संयुक्त इजलासले उनीहरू माथिको कारबाही सदर गरेको हो । सर्वोच्चले आफैं समावेश भएको संसदीय दलको निर्णयविपरीत फ्लोर क्रस गर्नु लोकतान्त्रिक पद्धति एबम् संस्कार र मान्यता अनुकुल नभएको ठहर गरेको छ । यसअघि सर्वोच्चले पुनस्थापित गरे पनि एमाले भ्याकेटमा गएपछि उनीहरू पदमुक्त भएका हुन

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार १७:२९