६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

विदुर नगरपालिकाको डोजरको भ्रष्टाचार बाहिर नआउँदै कागतीको भ्रष्टाचार सार्वजनिक


१८ साउन, नुवाकोट । विदुर नगरपालिकाको विवाद साप्ताहिक जस्तै बाहिरिने गरेको छ । पछिल्लो समय डोजर किन्दा भएको भ्रष्टाचार सार्वजनिक हुने हल्ला चलिरहेकै बीचमा सोमबार नेपाली कांग्रेसले कागितका नाममा भएको भ्रष्टाचारको विरोध गर्दै भण्डाफोर अभियान घोषणा गरेको छ ।

नेपाली कांग्रेसले विदुर नगरपालिकाको वडा नम्बर १३ मा भएको कागतीको भ्रष्टाचारको विरोधमा प्रदर्शन गर्दै नगरपालिकाको कार्यालयमा तोडफोड गरेको छ । विदुर नगरपालिकाले कागतीको बेर्नाका नाममा लाखौँ रूपैयाँ भ्रष्टाचार गरेको आरोप लागेको छ ।

एउटा सहकारीसँग मिलेर नगरपालिकाको नेतृत्वले कागतीको बेर्ना ढुवानीमा गाडी भाडामा लिने काम देखिनै अनियमितता गरेको कांग्रेसको आरोप छ । पाँच वटा बेर्ना पाएका कतिपय किसानको भरपाइमा भने ५०० बेर्ना उल्लेख गरेको पाइएको छ ।

नगरको नेतृत्वको पहिलेदेखिकै समस्या रहेको भन्दै कांग्रेसबाट निर्वाचित भएका वडा अध्यक्षहरूले आन्दोलन गर्दै आएका छन । यसअघि नगरपालिकाले डोजर किन्दा बढी मूल्यको स्पेसिफिकेशन लिएर कम मूल्यको डोजर किनी करिब १५ लाख रूपैयाँ झ्वाम परेको नगरका वडा अध्यक्षहरूले आरोप लगाउँदै आएका छन ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार १८:०२