११ बैशाख २०८१, मंगलवार | Wed Apr 24 2024

एनआरएनए अस्ट्रेलियामा नन्द गुरुङ विजयी, रेनुका लामाले रचिन इतिहास


१८ साउन, अष्ट्रेलिया । एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा नन्द गुरुङ बिजयी हुनुभएको छ | गुरुङले तिन हजार भन्दा बढि मतले आफ्ना प्रतिद्वन्द्वी डा ज्ञानेन्द्र रेग्मीलाई पछाडि पार्नुभएको छ । उपाध्यक्ष तथा राज्य संयोजकमा देव बहादुर गुरुङ( न्यु साउथ वयल्स), रेनुका लामा( साउथ अष्ट्रेलिया), दिपक बस्नेत(वयस्टन अष्ट्रेलिया) , राकेश शाक्य( तास्मेनिया) हरि खड्का( भिक्टोरिया),विष्णु चापागाई( नर्दन टेरेटोरी), अशोक बस्नेत(क्यापिटल टेरोटोरी), विनोद भक्त आचार्य ( क्विनसल्याण्ड), महासचिव सचिव कोषाध्यक्ष सहकोषाध्यक्षमा क्रमश राजु बाबु अधिकारी,सन्ध्या शाह , अनिल पोखरेल, राजकुमार नगरकोटी निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

यसैगरि युवा संयोजकमा बबिन मिश्र, सह संयोजकमा चन्द्र प्रसाद तिवारी र सचिवमा क्षितिज बुढाथोकी, नारी निकुञ्जमा संयोजकमा मञ्जु खड्का, सह संयोजकमा समिक्षा अधिकारी सचिवमा सर्वदा घिमिरे विजयी हुनुभएको छ | त्यसै गरि अन्तराष्ट्रिय समवन्य समिति सदस्यका लागि सुर्य आचार्य, नविन भण्डारी, पर्शुराम अधिकारी, पारस राज घिमिरे, प्रज्जवल भण्डारी, प्रेम प्रसाद कडेल, राजेश बुढाथोकी निर्वाचित हुनुभएको छ । पहिलो महिला उपाध्यक्ष तथा राज्य संयोजक साउथ अष्ट्रेलियाबाट उपाध्यक्ष तथा राज्य संयोजकमा अष्ट्रेलिया एनआरएनएको इतिहासमै पहिलो महिला सामाजिक अभियन्ता रेनुका लामा विजयी हुनु भएको छ ।

लामा एनआरएनएको २०१७-१९मा राज्य समिति उपाध्यक्ष भई गत वर्षको निर्वाचनमा पनि प्रतिस्पर्धा गर्नुभएको थियो । निर्वाचन समितिका अनुसार साउथ अष्ट्रेलियाको उपाध्यक्ष , सचिव, सह सचिव, कोषाध्यक्षमा क्रमश संजय पुरी,विनोद वानिया, शंकर भट्टराई, विष्णु चापागाई विजयी हुनुभएको छ ।भने सदस्यहरुमा तुङ्गा वानिया, प्रदिप खत्री, विशाल मान श्रेष्ठ, देवेन्द्र खरेल, मनिश खरेल, निर्पेश ढकाल, पुजेन्द्र चन्द,संजय कुमार ठाकुर विजयी हुनु भएको छ । जसमा वानिया र ठाकुरको मत वरावर भएकाले गोला प्रथा वा एक एक वर्ष कार्यकाल हुने जनाईएको छ । यसै गरी नारी निकुञ्जमा संयोजकमा अनिता लम्साल, सह संयोजकमा शिला क्षेत्री र युवा संयोजकमा डिमन राज राजोपाध्य,सह संयोजकमा सुमन ठकुरी विजयी हुनुभएको छ ।

तस्बीरमा देव गुरुङ उपाध्यक्ष तथा एनएसडव्लु संयोजक र मञ्जु खड्का नारी निकुञ्ज अष्ट्रेलिया संयोजक ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार १६:०४