१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

सामान्य अंकले बढ्याे सेयर बजार, १० अर्ब ९८ करोडकाे काराेबार


१८ साउन, काठमाडौँ । सोमबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार साेमबार सेयर कारोबार मापक नेप्से परिसूचक ४.०६ अंकले बढेर ३०८५.०७ विन्दुमा पुगेकाे छ । नेप्से ०.१३ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ०.३० अंकले बढेर ५७२.४६ मा पुगेको छ । यसअघि हिजो आइतबारर नेप्से परिसूचक १.२५ अंकले बढेको थियो ।

सोमबार दिनभरिमा २२६ कम्पनीको २ करोड १८ लाख ९४ हजार कित्ता १ लाख ५५ हजार पटक किनबेच हुँदा १० अर्ब ९८ करोड ३५ लाख ९९ हजार रुपैयाँको कारोबार भएको हो ।

सोमबार बैंकिङ समूह १.९१ अंक, फाइनान्स समूह ९ अंक, म्यानुफ्याक्ट्रचरिङ समूह ४१.८५ अंक, माइक्रोफाइनान्स समूह १२४.९३ अंक र इन्भेष्टमेन्ट समूह १.९६ अंकले बढेको छ ।

त्यस्तै, ट्रेडिङ समूह ४८.११ अंक, होटल तथा पर्यटन समूह ५७.१७ अंक, विकास बैंक समूह ६१.५१ अंक, हाइड्रोपावर समूह १८.३ अंक, निर्जीवन बीमा समूह ८९.१२ अंक, अन्य समूह १७.४१ अंक, जीवन बीमा समूह ९०.५७ अंक र म्युचुअल फण्ड ०.१८ अंकले घटेको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार १५:४१