१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

कुमारी इक्विटी फण्डले घोषणा गर्याे लाभांश


१८ साउन, काठमाडौँ । कुमारी सामुहिक लगानी कोष अन्तर्गत कुमारी इक्विटी फण्डका लगानीकर्तालाई लाभांश घोषणा गरेको छ । कुमारी सामुहिक लगानी कोष अन्तर्गत सञ्चालित कुमारी इक्विटी फण्डले गत आर्थिक वर्षको मुनाफाबाट करसहित ५ प्रतिशत लाभांश घोषणा गरेको हो ।

कोष व्यवस्थापक कुमारी क्यापिटलको साउन १७ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो । बैठकले योजनाका इकाईधनीहरुलाई ५ प्रतिशतले हुन आउने ५ करोड रुपैयाँ (कर सहित) नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार १५:३०