१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

सिद्धार्थ बैंकको कामु सीईओको जिम्मेवारी सुन्दरप्रसाद कँडेललाई


१७ साउन, काठमाडौँ । सिद्धार्थ बैंकको कामु सीईओमा सुन्दरप्रसाद कँडेल नियुक्त भएका छन् । सिद्धार्थ बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सुन्दरप्रसाद कँडेललाई दिइएको हो ।

बैंक सञ्चालक समितिको साउन १५ गते बसेको बैठकले कँडेललाई बैंकको कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सुन्दरप्रसाद कँडेललाई दिने निर्णय गरेको हो । कँडेल नायब प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतमको कार्यकाल यही साउन २५ गते सकिँदै छ । कँडेलले कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी साउन २६ गतेबाट सम्हाल्ने छन् ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आईतवार १४:२७