६ बैशाख २०८१, बिहीबार | Fri Apr 19 2024

चौतर्फी रुपमा समृद्धि दिन्छौँः दाहाल


१७ फागुन, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले सुशासन, स्थायित्व, विकास र समृद्धि अबको आवश्यकता रहेको बताउनुभएको छ ।

प्रेस चौतारी र प्रेस सेन्टर नेपालले संयुक्त रुपमा नवलपरासी ( बर्दघाट–सुस्ता पश्चिम) को बर्दघाटमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले भन्नुभयो,“अब सबै मिलेर देशमा चौतर्फी रुपमा समृद्धि दिन्छौँ, देशमा विकासको आवश्यकता छ, तराई मधेशमा अझ बढी विकास गर्नु बाँकी छ ।” संघीय समाजवादी फोरम नेपाललाई समेत सरकारमा सहभागिता गराउन वार्ता अन्तिम चरणमा पुगेको जानकारी उहाँले. दिनुभयो ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) दुई कम्युनिष्ट पार्टीबीचको एकता अन्तिम चरणमा पुगेको जानकारी दिँदै उहाँले भन्नुभयो, “अब दुवै केन्द्र भंग गरी एउटै कम्युनिष्ट पार्टी बनाएर नयाँ यात्रा तय गरिनेछ । आजै अध्यक्ष दाहालले गौतम बुद्धको अष्टधातु रहेको नवलपरासीको रामग्राम स्तूपको अवलोकन गर्नुभयो ।

प्रकाशित मिति : १७ फाल्गुन २०७४, बिहीबार २०:१०