६ चैत्र २०८०, मंगलवार | Tue Mar 19 2024

प्रचण्डले देउवालाई हुन्न भन्न लगाएपछि माओवादीको बैठक नारायणकाजीको घरमा


१७ साउन, काठमाडौँ । मन्त्री चयनको विषयमा माओवादीभित्र तीव्र मतभेद रहेको छ । माओवादीले पाउने चार मन्त्रालय मध्ये दुइ वटामा मन्त्री गइसकेका छन । अब दुइ जना मन्त्री र दुइ जना राज्यमन्त्री छान्नुपर्ने छ । यद्यपी यही विषयमा माओवादीमा ठूलो विवाद देखिएको छ । मन्त्री छान्न सकस भएको विषय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसअघि सार्वजनिक समारोहमै बताइसकेका छन ।

प्रचण्डले नारायणकाजीलाइ भेटेर उपप्रधानसहित शिक्षा मन्त्रालयको जिम्मेवारी लिन अनुरोध गरेको भए पनि पछि प्रधानमन्त्री शेरबहादुर देउवा मार्फत उपप्रधानमन्त्री कोही पनि नबाउने भन्ने सन्देश प्रवाह गराएका थिए । माओवादी स्रोतका अनुसार प्रचण्डको दोहोरो भूमिकाका कराण पार्टी अफ्ठेरोमा परेको छ भने कार्यकर्ता विचलित बनेका छन । मन्त्रालय नफुटाएको खण्डमा अब माओवादीको भागमा आउने तीन मन्त्री र दुइ राज्यमन्त्री हो तर मन्त्री हुनका लागि आकांक्षा व्यक्त गर्ने धेरै रहेका छन ।

प्रचण्डको आफ्नै सन्देश देउवा मार्फल सञ्चार गराए पनि माओवादी नेताहरूले भने को मन्त्री हुने र उपप्रधानमन्त्री हुने कि नहुने भन्ने विषय देउवाको छनौट हुन नसक्ने बताएका छन । उनीहरूले देउवाले माओवादी भित्र अनावश्यक खेल्न खोजेको आरोप समेत लगएका छन । प्रचण्डले यसअघि जनार्दन र पम्फालाइ सरकारमा पठाउँदा पनि कुनै सल्लाह नगरेका कारण चिढिएका माओवादी नेताहरू थप रूष्ट बनेका छन ।

नारायणकाजी प्रचण्डको घर जान छाडेपछि आइतबारको मन्त्री छान्ने भनिएको बैठक उनकै निवासमा बसेको छ । श्रेष्ठले सरकारमा माओवादीको नेतृत्व गर्ने इच्छा देखाएका छन यद्यपी प्रचण्ड विभिन्न बहाना सिर्जना गरेर रोक्न लागि परेका छन ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आईतवार १३:०१