१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

तस्बीरमा हेर्नुहोस् नुवाकोटमा बाढीले राजमार्ग र पुल बगाएपछिको अवस्था


१४ साउन, नुवाकोट । अविरल वर्षाका कारण नुवाकोटको विभिन्न स्थानमा बाढी र पहिरोले क्षति पु¥याएको छ । बुधबार साँझ परेको वर्षापछि आएको बाढीले नुवाकोटको मैथली तालिम केन्द्रको विदुरतर्फको खोल्सामा रहेको पुल र सडक बगाएको छ ।

पुल र सडक बगाएपछि नुवाकोटको बट्टारबाट विदुर जाने सडक बन्द हुँदा बट्टारबाट जिल्ला सदरमुकामसहित विभिन्न पालिका र रसुवा जाने यातायातको सेवा बट्टारमा नै रोकिएका छन् ।

बुधबार राति करिब ९ बजेतिर पुलको जगमा क्षति पु¥याएसँगै सडक पूर्णरूपमा अवरुद्ध हुँदा विदुरबाट मैथली ब्यारेक हुँदै बट्टारतर्फ जाने सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक ललिता ढकालले जानकारी दिइन । उनका अनुसार पुल भासिएसँगै सडकको दुवैतर्फ विच्छेद भएको छ । पैदलयात्रुलाई समेत आउजाउ गर्न कठिन भएको छ । तस्बीरहरूः शरणउत्सुक सापकोटा, कपिलदेव खनाल र सुनिल तिवारीको फेसबुक वालबाट साभार । 

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहीबार ०९:१७