७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

नेपाल टेलिकमका ग्राहकले एक वर्षसम्म निःशुल्क ‘फाइभजी’ प्रयोग गर्न पाउने


१४ साउन, काठमाडाैँ । नेपाल दूरसञ्चार प्राधिकरणले एक वर्षसम्म ग्राहकलाई निःशुल्क ‘फाइभजी’ प्रयोग गर्न दिने सुविधासहितको कार्यविधी पास गरेको छ । उक्त कार्यविधीले परीक्षण अवधिभर सेवाप्रदायकले आफ्ना ग्राहकलाई निःशुल्क सेवा दिन पाउने छन् ।

प्राधिकरणको साउन ४ गते बसेको सञ्चालक समिति बैठकले ‘फाइभजीलगायत नयाँ प्रविधिको परीक्षणसम्बन्धी कार्यविधि, २०७८’ पारित गरेको हो । यससागै दूरसञ्चार सेवाप्रदायक कम्पनीहरुलाई फाइभजी परीक्षणको लागि बाटो खुलेको छ । अब प्राधिकरणले फाइभजी परीक्षणका लागि आवश्यक फ्रिक्वेन्सी निर्धारण गर्ने छ ।

त्यसपछि सेवाप्रदायक कम्पनीहरुले फाइभजी परीक्षणका लागि प्रक्रिया अघि बढाउन सक्नेछन् । यसअघि तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङको अध्यक्षतामा रहेको फ्रिक्वेन्सी नीति निर्धारण समितिले नेपालमा फाइभजी सेवा परीक्षण गर्ने निर्णय गर्दै नेपाल टेलिकमलाई पहिलो चरणमा अनुमति दिएको थियो । योसँगै नेपाल टेलिकमले ‘फाइभजी’ परीक्षण गर्दा एक वर्षसम्म ग्राहकसँग शुल्क लिन पाउनेछैन ।

प्राधिकरणले नेपाल टेलिकमका लागि आवश्यक पर्ने फ्रिक्वेन्सी निःशुल्क उपलब्ध हुनेछ । उसले पनि उक्त अवधिमा प्रयोगकर्ताबाट कुनै शुल्क लिन पाउने छैनन् ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहीबार ०७:३९