७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

जीवनविकासको सेयर कारोबार आजदेखि, अधिकतम मूल्यमा कारोबार हुने अनुमान


१४ साउन, काठमाडाैँ । जीवनविकास लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर सूचीकृत भएसँगै आजदेखि कारोबार हुँदैछ ।बुधबार कम्पनिको ६० लाख ८४ हजार १ सय कित्ता शेयर नेप्सेमा सूचीकृत भएको थियो ।

नेप्सेले जीवनविकासको पहिलो कारोबारका लागि प्रतिशेयर न्युनतम ३०५ रूपैयाँ २७ पैसादेखि अधिकतम ९१५ रुपैयाँ ८१ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ । लघुवित्तले दोश्रो बजारमा कारोबारका लागि जेबिएलबि (JBLB) सिम्बोल पाएको छ ।

जीवन विकास लघुवित्तको आईपीओ यदि स्पेसल प्री–ओपनिङ सेसनमा अधिकतम मूल्यमा कारोबार भएमा पहिलो दिन नै १ हजार रुपैयाँ पुग्ने सम्भावना छ । कम्पनीले १ लाख ८४ हजार ८०१ जनालाइ १० कित्ताका दरले आईपीओ प्राप्त गरेका थिए ।  ५ जनाले ११ कित्ता शेयर पाएका छन् । जसमध्ये ३ हजार ४७१ जनाको आवेदन रद्द भएको र ६५ हजार ५३८ जनाको आवेदन आस्बाबाट अस्वीकृत भएका थिए ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहीबार ०७:२९