६ बैशाख २०८१, बिहीबार | Fri Apr 19 2024

लागू औषध लुट्ने युवकले प्रहरीलाई घुसको लालच देखाउँदा थुनिए


३१ असार, काठमाडौं । लागू औषध लुट्न गएका विजय मगरले प्रहरीलाई घुसको लालच देखाउँदा थुनिएका छन् । उनीसँग लागू औषध भेटिएको छैन ।  मुद्दा मिलाउने भन्दै प्रहरीलाई ६० हजार घुसको प्रस्ताव गरेपछि उनीविरुद्ध सार्वजनिक अपराधको मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार रिजन सुनुवार लागू औषध लिएर आएको सूचनाका आधारमा मगर बालाजु पुगेका थिए । स्थानीयको भीडभाड भएपछि उनले आफू सादा पोषाकको प्रहरी भएको बताए । महाराजगञ्जबाट गएको प्रहरीले सोधेखोजी गर्दा उनी नक्कली प्रहरी भएको खुलेको छ ।

प्रकाशित मिति : ३१ असार २०७५, आईतवार १८:२१