१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु


३१ असार, झापा  । चन्द्रगढीबाट विर्तामोडतर्फ आउँदै गरेको मोटरसाइकलको ठक्करबाट आज एक बालकको मृत्यु भएको छ ।

स३प २७९६ नंको मोटरसाइकलको ठक्करबाट बिर्तामोड– ८ का सात वर्षीय अभिषेख श्रेष्ठको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी नायब निरीक्षक याम खड्काले जानकारी दिनुभयो ।

सडक पार गर्ने क्रममा मोटरसाइकलले बालकलाई ठक्कर दिएको बताइएको छ । ठक्करबाट गम्भीर घाइते बालकको भद्रपुरस्थित ओमसाइ पाथीभरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति : ३१ असार २०७५, आईतवार १८:०७