१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

३१ असार,पर्सा । पर्सामा आज बालक र अधबैँसे महिलाको शव भेटिएको छ । बहुदरमाई नगरपालिकामा ६ वर्षीय बालक र जगरनाथपुर गाउँपालिकामा अधवैंशे महिलाका मृत अवस्थामा भेटिएका छन् । मृतक शिवजी साहको छोरा आयुब साह भएको आशंका गरिएको छ ।

खाना खाएर घरबाट निस्किएका आयुब दिउँसो गाउँको पोखरीमा मृत भेटिएको स्थानीय बासिन्दाले जनाएका छन् । आयुबको हत्या भएको दावी गर्दै स्थानीय बासिन्दाले पोखरीबाट शव निकाल्न दिएका छैनन् ।

स्थानीयले तालिम प्राप्त कुुकुर मगाएर अनुसन्धान गरेपछि मात्रै पोखरीबाट शव निकाल्न दिने अडान राखेका छन् ।
पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले भने पोखरीमा शवको तर हात मात्रै बाहिर देखिएकोले पहिचान खुल्न नसकेको जानकारी दिए । ‘पोखरीमा शव देखिएको जानकारी आएपछि प्रहरी टोली घटनास्थलमा पुगेको छ । पोखरीबाट शव निकाल्न नपाएका कारण शवको पहिचान खुल्न सकेको छैन ।

त्यसैगरी पर्साको जगरनाथपुर गाउँपालिकामा अधवैंशे महिलाको शव भेटिएको छ । पर्साको जगरनाथपुर गाउँपालिकामा खोलाको किनारमा महिलाको शव फेला परेको हो ।

महिलाको शव सडिसकेकोले पहिचान खुल्न नसकेको इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक सुबास बुढाथोकीले जानकारी दिए । ‘सडीसकेको अवस्थामा शव फेला परेको छ, अनुहार चिन्न सक्ने अवस्थामा छैन, कम्मरदेखि मुनीको भाग गलिसकेको छ ।
घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रकाशित मिति : ३१ असार २०७५, आईतवार १७:४०