१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

नेप्सेका सीईओलाई पदबाट नहटाउन सर्वोच्चको सरकारलाई आदेश


३१ असार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदलाई तत्काल पदबाट नहटाउन सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ ।

सर्वोच्चका न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले साउदलाई पदबाट तत्काल नहटाउनको लागि सरकारका नाममा अन्तरिम आदेश दिएको छ ।

गैरकानूनी हिसाबले आफूलाई पदबाट हटाइएको दाबी गर्दै साउदले गत बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए ।
पूर्ववर्ती शेरबहादुर देउवा सरकारले भदौ १६ गते पछि गरेका सबै राजनीतिक नियुक्ति खारेज गर्ने मन्त्रिपरिषदको निर्णयसँगै साउद पनि पदमुक्त भएका थिए । साउदलाई पदबाट हटाएर अर्थमन्त्रालयले उपसचिव रमेश अर्याललाई नेप्सेको सीईओको जिम्मेवारी दिइसकेको छ ।

प्रकाशित मिति : ३१ असार २०७५, आईतवार १७:१७