१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

घट्याे सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?


१२ साउन, काठमाडाैँ । मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३०० रुपैयाँले घटेर छापावाल सुन ९१ हजार ८०० रुपैयाँमा काराेबार भएकाे छ ।

गत सोमबार छापावाल सुन प्रतितोला १ सय रुपैयाँले बढ्दै ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आज तेजाबी सुनको मूल्य समेत ३०० रुपैयाँले घटेर ९१ हजार ३०० रुपैयाँमा काराेबार भएको छ । त्यस्तै, आज चाँदीको मूल्य भने स्थिरता रहदै प्रतितोला १२७० रुपैयाँ काराेबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलवार ११:४२