१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

केसीको अनसनमा बिरामीको सलाइन थुतेर फाल्दा म १३ दिन रोएँः डा भगवान कोइराला (भिडियोसहित)


३१ असार, काठमाडौँ । डा भगवान कोइरालाले डा गोविन्द केसीको अनसनका बारेमा दोस्रो पटक मुख खोलेका छन । कान्तिपुर टेलिभिजनको फायर साइडमा भुषण दाहालसँग कुरा गर्दै डा भगवना कोइरालाले केसीको अनसनमा बेडमा रहेका बिरामीको सलाइन समेत थुतेर फालेको दर्दनाक अवस्थाको बारेमा बताए ।

उनले आफूले पनि केसीको माग पूरा गर्नका निम्ति तत्कालीन अवस्थामा खिलराज रेग्मीसँग कुरा गरेको तर फेरी १५ दिनमा असनसन बसेर अस्पताल अस्तव्यस्त बनाएको बताए । उनले भने ‘केसी फेरि १५ दिनमै अनसन बस्यो, अस्पताल अस्तव्यस्त भयो, बिरामीले उपचार नै पाएनन् त्यसपछि म १३ दिन रोएँ ।’ उनले अाफू भिसी र केसीको चेपुवामा परेर अाफूले तत्कालीन अवस्थामा टिचिङको डाइरेक्कटरबाट राजिनामा दिएको बताए ।

भिडियो हेर्नुहोस्


यसअघि नागरिक दैनिकका लागि विमल आचार्यसँग अन्तरवार्ता दिँदै डा कोइरालाले यसो भनेका थिए ‘हो, म पनि रोइकराइ गरेर, वार्ता, छलफल गरेरै, हारगुहार गरेर काम बनाउन, माग पूरा गराउन लागिपरेको थिएँ नै । केही दिन पर्खनुस् भन्दाभन्दै उहाँ विनासल्लाह अनशन बसिदिनुभयो। उहाँ अनशन बसेपछि अस्पतालभित्र उपचाररत बिरामीलाई अनधिकृत रूपमा डिस्चार्ज गर्नेजस्ता घिनलाग्दा काम पनि भए । अनशन अवधिमा मैले जीवनमा कहिल्यै भोग्न नपरेको आत्मग्लानि महसुस गरेँ । म आफ्नो कारणले बिरामीलाई कहिल्यै सेवाबाट वञ्चित गराउँदिनँ भनेको र तुलनात्मक रूपमा कडा प्रशासक भनेर चिनिएको मान्छे आफ्नै आँखाअगाडि आफ्नै रेजिडेन्टहरूले आदेश पालना नगरी बसेको हेर्नुप¥यो । अनशनको अन्तिम दिन त इमर्जेन्सी पनि बन्द गर्ने कुरा गरे । ‘हामी इमर्जेन्सी सेवा पनि बन्द गर्छौं’ भनेर आमसभामै घोषणा गरे । भविष्यमा विशेषज्ञ बन्ने चिकित्सकहरूले इमर्जेन्सी सेवा नै बहिष्कार गर्छौं भनेर मलाई धम्की दिए । यो ज्यादै घृणित कार्य थियो । त्यो दिनलाई मैले शिक्षण अस्पतालको इतिहासमा मात्र नभएर मेरो जीवनको नै ‘कालो दिन’का रूपमा सम्झेको छु । बिरामीको सेवा पाउने हकलाई अवरोध गर्ने गरी अस्पताल हातामा कुनै पनि विरोध–अनशन हुनुहुन्न भन्ने मेरो दृढ मान्यता छ ।’

प्रकाशित मिति : ३१ असार २०७५, आईतवार ११:४४