१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

त्रिविका रोकिएका परीक्षा आजदेखि सुरु, प्रवेश पत्र र विषय नमिलेका कारण परीक्षाबाट बञ्चित नहुने


१० साउन, काठमाडाैँ । त्रिभुवन विश्वविद्यालयका रोकिएका सबै परीक्षा आजदेखि सुरु भएको छ । परीक्षामा फारम भर्दा समस्या परेका कारण कोही पनि परीक्षादिनबाट बञ्चित नहुने परीक्षा नियमन्त्रण कार्यालयले सूचना प्रकाशित गरेर जानकारी दिएको छ । त्रिविले प्रवेश पत्र र विषय नमिलेका कारण कोही पनि परीक्षाबाट बञ्चित नहुने र त्यसका लागि समन्वय गर्न परीक्षा केन्द्रहरूमा जानकारी गराएको छ ।

कोरोनाका कारण धेरै विद्यार्थी सङ्ख्या भएका विषयमा परीक्षा नियन्त्रण कार्यालयले पहिलो पटक अनलाइन प्रणालीबाट परीक्षा फारम भरेको थियो । तर प्रवेश पत्र र विषय नमिलेका कारण समस्या भोग्नुपरेको विद्यार्थीको गुनासो छ। त्रिविवे भने त्यसमा समन्वय गर्न परीक्षा केन्द्रहरूमा परिपत्र गरेको छ ।

प्रकाशित मिति : १० श्रावण २०७८, आईतवार ०९:३२