१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

प्रिमियर इन्स्योरेन्सको संस्थापक समूहको लिलामी सेयरमा भोलिसम्म आवेदन दिने पाइने


७ साउन, काठमाडाैँ । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) संस्थापक समूहको लिलामी सेयरमा भोलि शुक्रबारसम्म आवेदन दिन पाइने छ । कम्पनीको संस्थापक समूहको ५ लाख ४८ हजार २५ कित्ता लिलामीमा सेयर भोलि बैंकिङ समयमसम्म आवेदन दिन सकिने छ । उक्त सेयरको प्रतिकित्ता न्यूनतम मूल्य ५५० रुपैयाँ तोकिएको छ ।

सेयर खरिद गर्न योग्य इच्छुक विद्यमान संस्थापहरुले वा जो कोही व्यक्ति, कम्पनी, संघ/संस्थाले आवेदन दिन सक्ने छन् । सेयर खरिदका लािग तोकिएको न्यूनतम मूल्य वा उक्त मूल्य भन्दा बढी अंकित गरी आवेदन पेश गर्नुपर्ने छ । सेयर खरिद गर्दा न्यूनतम ५ सय कित्ताका लागि आवेदन दिनुपर्ने छ भने अधिकतम सेयर सख्याका लागि कुनै हद नलाग्ने कम्पनीले जनाएको छ । बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहीबार १३:२२