१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

मध्यम तथा लामो दूरीका यातायात सञ्चालनमा सहजीकरण गर्न गृह मन्त्रालयको परिपत्र


७ साउन, काठमाडौँ । गृह मन्त्रालयले लामो दूरीको सार्वजनिक यातायात सञ्चालनमा सहजीकरण गर्नका लागि ७७ जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ । मन्त्रालयले स्वास्थ्य मापदण्डको पालना गर्दै लामो दूरीका सार्वजनिक यातायात सञ्चालनमा सहजीकरण गर्न निर्देशन दिएको छ ।

“त्रिभुवन विश्वविद्यालय, लोकसेवा आयोग लगायतका निकायबाट परीक्षाको कार्यक्रम सार्वजनिक भएकोले देशका विभिन्न भागबाट परीक्षार्थीहरूको आवागमन समेतलाई दृष्टिगत गरी जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना हुने गरी मध्यम तथा लामो दुरीका सार्वजनिक यातायात सञ्चालन गर्ने आवश्यक व्यवस्था मिलाउन निर्देशन दिइएको मन्त्रालयका शाखा अधिकृत रामबहादुर केसीद्वारा पठाइएको परिपत्रमा उल्लेख गरिएको छ । साउन ४ गते बसेको मन्त्रिपरिषद् बैठकबाट सार्वजनिक यातायात सञ्चालनका लागि आवश्यक निर्णय भएको उक्त पत्रमा उल्लेख छ ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहीबार १२:०९