८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

लाजको त कुरा छोडौँ मन्त्री हुन पाए ‘नाङ्गो’ हुन र ‘गु’ खान तयार हुने देखिए


-डा युवराज संग्राैला 

म बाङ्लादेश जाँदा त्याहाँका मेरा मित्रहरू मलाई भन्ने गर्थे, “कस्तो नराम्रो सङ्ग कुहियो लोकतन्त्र ।” मलाई कसरी मानिस राजनीतिमा कुहिन्छ भन्ने तेती आभाष हुँदैनथ्यो। मलाई लाग्थ्यो, मेरो देशमा त्यसबेला पाजेरो र ब्लुफिल्म काण्ड भन्दा बढी त राजनीतिमा कुहिने के होला र ! म मेरा बंगाली साथीहरूका कुरा बढाइचढाइ होलान जस्तो ठान्थें । म आज देख्दै छु, “राजनीतिको कुहिने हद हुदो रहेनछ।”

१. को राम्रो मानिस हो ? मरेको रुखको गन्थन गरेर बस्ने वा नयाँ बिरुवा रोप्ने ? समाजका कुनै पनि गतिविधि प्रकृतिको नियमभन्दा पृथक ढङ्गले बढ्दैनन । नेपाली वर्तमान राजनीतिमा उम्रिने बढ्ने र फल्ने गुण नै छैन। अत यस्का पात्रहरू र यस्को स्वरुपको बारेमा कुरामा गर्नु वाइयात कुरा हो।

२. यस राजनीतिमा केही प्रवृत्तिहरु छ्न, जो निकृष्ट स्वार्थबाट सिर्जना भएका छ्न । एकथरीको प्रवृत्ति हो, खाने, बस्ने, लाउने जे जति छन सबै राज्यबाट लुट। आफ्नो परिवार, नाता आउरेभाउरे सबैलाई राज्यको लुटबाट पोश । यी किर्ना जस्ता नेता कार्यकर्ता कहिले यो पार्टीमा कहिले अर्को पार्टीमा, कहिले यो गुट र कहिले त्यो गुटमा दाैड्दछ्न । यिनिहरुको प्रवृत्ति सुंगुरक जस्तो हुन्छ, जो आफ्नै बस्ने/सुत्ने ठाउँमा हग्छ, र त्यही थुतुनो जोतेर माटो खन्छ । यी दरीद्रलाई आफैँदेखि लाज लाग्नु पर्ने हो, तर लाजको त कुरा छोडौँ यी मन्त्री हुन पाए ‘नाङ्गो’ हुन र ‘गु’ खान तयार हुन्छ्न । यो दुई महिनामा कति देखिए यस्ता !

३. अर्को थरिको प्रवृत्ति विषको जस्तो हुन्छ । जस्लाई पर्यो त्यो गयो । यिनका दिमागमा विवेक शून्यता हुन्छ । बिथोल्नु, भत्काउनु, षड्यन्त्र गर्नु र आफुलाई महत्वपूर्ण ठान्नु यिन्को गुण हो । यी साँप जस्ता हुन्छन् । विदेशी मालिक खोजेर देशमा आफ्नो हैकम खोज्नु यिन्को एउटामात्र काम हो । यिन्ले संधै विभाजन गर्छ्न । अहिले पछिल्लो समय यस्ताको बिगबिगी छ ।

४. अर्को प्रवृति हिंसा र अपराध हो । यी माफिया हुन्छ्न । गोही जस्ता हुन्छ्न । सबै निल्छ्न। कसरी जोगाउने हो देश ? यो कुरा सोच्नु होस । यो कुहिएको राजनीतिमा जो इमान्दार छ, त्यो उम्रिनेवाला छैन अब । तेस्को उम्रिने क्षमता माथिका प्रवृत्तिले सिध्यायो। दिमागमा रहेको भ्रम फ्याँकेर सत्य खोज्नुहोस र नेपाली बन्नुहोस् ।

(पूर्व महान्यायाधीवक्ता डा संग्राैलाले फेसबुकमा राख्नुभएको धारणा हामीले यहाँ प्रस्तुत गरेका हाैँ । -सम्पादक)

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहीबार ०८:४६