१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

माधव नेपालले एमालेमै रहन अध्यक्ष र बहुमत दुबै मागे, दोस्रो अध्यक्ष दिन ओली तयार


६ साउन, काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले दोस्रो अध्यक्षसँगै बहुमत पनि मागेको खुलासा भएको छ । यसअघि नेपालको कांग्रेसगमन रोक्न दोस्रो अध्यक्ष प्रस्ताव गरिएको भए पनि नेता नेपालले बहुमत बिनाको दोस्रो अध्यक्ष पनि नबन्ने बताएका छन ।

बुधबारको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले नेपाललाई दोस्रो अध्यक्ष बनाउन आफू तयार भएको तर नेता नेपालले बहुमत नभएको कमिटीमा जान्नँ भनेपछि सहमति नभएको बताएका हुन ।

ओलीले पार्टी एकताका लागि आफू हदैसम्म लचिलो रहेको बताए । ‘अन्तिमसम्म पनि एकताका लागि प्रयास जारी छ’ उनले भने, ‘१० बुँदे सहमति कार्यान्वयन गर्न प्रतिबद्ध छु ।’

नेता नेपालले पार्टी एकताका लागि आफूलाई दोस्रो अध्यक्ष बनाउनुपर्ने माग राखेको र आफूले कार्यदलका सदस्यहरुलाई त्यसका लागि तयार छु भनेको उनले सुनाए । पार्टीमा एकता कायम भए सबै संरचनाहरु ०७५ जेठ २ कै अवस्थाबाट क्रियाशील हुने समते उनले बताए ।

‘मैले भनेको छु, पार्टी एकता बचाउन माधव नेपाल आउँछन् भने दोस्रो अध्यक्ष दिन तयार छु’ ओलीले भने, यतिभन्दा पनि एकताप्रति इच्छा देखाइएको छैन, अनेक बाहना खोजिएको छ ।’

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार २१:३६