७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

माधव नेपालले पुष्पलालको स्मृतिमा गुटको ‘पिपुल्स भोलेन्टियर’ घोषणा गर्दै


७ साउन, काठमाडाैँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपाका संस्थापक महासचिव पुष्षलालको स्मृति दिवसको दिन गुटको ‘पिपुल्स भोलेन्टियर’ घोषणा गर्दै छन । उनले एक हजार एक सदस्यीय ‘पिपुल्स भोलेन्टियर’ घोषणा तयारी गरेका छन । त्यसका निम्ति उनले युवाहरूलाइ परिचालन गरेका छन ।

भक्तपुरमा एक विशेष समारोह गरेर एक हजार एक सदस्यीय ‘पिपुल्स भोलेन्टियर’ घोषणा गर्न लागिएको माधव समूहका युवाहरूको प्रवक्ता सञ्जिप राईले जानकारी दिए ।

राईका अनुसार युवा संघले युथफोर्स ब्युँत्याएपछि नेपालनिकट युवाले पिपुल्स भोलेन्टियर तयार पारेको हो । भक्तपुरस्थित सूर्यविनायक थापा पार्टी प्यालेसमा नेता नेपालले बिहीबार मध्याह्न १२ बजे पिपुल्स भोलेन्टियर घोषणा गर्ने उनले बताए ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहीबार ०८:१०