७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

माधव समूहलाई भोलिसम्मको समय, केन्द्रीय कमिटीका १२ निर्णय यस्ता छन


६ साउन, काठमाडाैँ । नेकपा एमालेले माधवकुमार नेपाल समूहलाइ जवाफ पेश गर्नका लागि भोलिसम्मको समय दिएको छ । भोलि केन्द्रीय कमिटी बैठकसम्म कुनै जवाफ नपाए पक्रियामा अघि बढ्ने निर्णय एमालेले लिएको छ ।

बैठकले सर्वोच्च अदालतले हालै गरेको फैसलाबारे आफ्नो विमति जनतासम्म पुर्याउने निर्णय पनि गरेको छ । पार्टीका प्रवक्ता प्रदिप ज्ञवालीले दिएकाो जानकारी अनुसार बुधबारको बैठकमा भएकका एमालेका निर्णय यी हुन ..

१. पार्टी तथा सरकारको बारेमा अदालतको निर्णय गैरसंवैधानिक भएको, विमती रहेको तथा पूर्ण रुपमा कार्यान्वयन गर्ने,

२. सर्वोच्च अदालतले गैर संवैधानिक तथा विश्वमा नै कहि नभएको फैसलाई गरी परमादेश जारी गरी प्रधानमन्त्री नियुक्त गरको विषयमा जनताको माझमा लाने प्रस्ताव पारित,

३. एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले ४१ महिनाको संक्षिप्त समिक्षा,

४. घेरावन्दीको बीचमा ऐतिहासिक काम गरेको, संविधानको कार्यान्यवयन, नयाँ नक्सा जारी गरेको, खोपको सुनिश्चित गरेको लगायतका एमालेको सरकारले गरेको उपलब्धीलाई जनताको माझ लैजाने,

५. प्रतिपक्षीको भूमिकाको बारेमा आगामी दिनको रणनीति तयार गरेको, गठबन्धनको सरकारलाई गैरसंवैधानीक रुपमा अगाडी बढ्न नदिने,

६. जनताको सरोकारको विषयलाई पार्टी गंभिरताका साथ अगाडी बढ्ने, पार्टीको पक्षमा दृढताका साथ अगाडी बढ्न आह्वान,

७. राष्ट्रिय राजनीतिमा पुनः बहुमतका साथ फर्कने, पार्टीको आन्तरिक एकतालाई अन्तिमसम्म प्रयास गर्ने, नेपाली कम्युनिष्ट आन्दोलनलाई जोगाउने जस्तोसुकै कदम उठाउने,

८. केन्द्रीय कमिटीको बैठक भोली तीन बजे पुन बस्ने,

९. वीपी कोइरालाप्रति श्रद्धा सुमन व्यक्त,

१०. संविधानको धारा ६७ को उपधारा ५ को निर्दलीय व्यवस्थालाई सच्याउन संविधान संशोधनको लागि आवश्यकता अनुसार पहल गर्ने,

११. भोली पुष्पलाल स्मृति दिवस कार्यक्रम विशेष कार्यक्रम गरी मनाउने,

१२. माधव कुमार नेपाल समूहलाई सोधीएको स्पष्टिकरणको विषयमा भोलीको बैठकले उचित निर्णय लिने ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार २०:५७