१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

-राजन पराजुली

एउटा परिवार तब पूरा हुन्छ जब उक्त घरमा महिला रहन्छिन । महिला बिनाको घर कल्पना गर्न सकिदैन । तर यीनै महिलाहरूले सयुंक्त घर चलाउन किन खोज्दैनन् ! मेरा मन भित्र यस्ता अनेकौँ प्रश्न उब्जि रहन्छन । मेरी प्रेमिका (नाम चाई नभनौँ) जब उनी मेरो अंगालोमा बाँधिन पुग्छिन् तब उनी भित्र छुट्टै संसारको परिकल्पना हाबी भै हाल्छ । “तिमी, म र हाम्रो बच्चा अनि हाम्रो छुट्टै सुन्दर संसार।” मेरा कपालका रौँहरू सुम्सुमाउदै उनले बोल्ने बाक्य हुन् यी । उनको त्यो सुन्दर परिवार भित्र मेरा आमा, बुबा अटाएनन् , मेरा भाइ बहिनी प्रवेश गर्न नै सकेनन् ।

मेरो प्रेमिका भित्र सबैलाई समेटेर सयुंक्त परिवार बनाउने खुबी नभएको नै हो त ? की हाम्रो समाजमा विवाह पछि अर्थात घरमा कन्या भित्रिए पछि तँ तँ र म म को सम्बोधन हुना साथ छुट्टिने पाठ हरेक केटीले पहिल्यै पढि सकेका हुन्छन ! “उ हेर दुई परेवाको जोडी, उ हेर दुई भगेराको जोडी, उ हेर दुई कोईलीको जोडी अब यी दुई जोडी मिलेर एक सुन्दर आफ्नो छुट्टै परिवार बनाउने छन् ।” उनले आफ्ना औलाहरूले पर पर देखाउदै बक बक गरि रहन्छिन । म प्रेमिकाको अंगालोमा कस्सिएर यो सोच्दै छु “जनावरसँग मान्छेलाई जोड्नु हुदैन ।

एउटा परिवार तब बन्छ जहाँ आमाबाले सुखद समयसँग आफ्नो जीवन विताउन पाएका हुन्छन ।” म चाहान्छु मेरो प्रेमिकाले सयुंक्त परिवारको कल्पना गरोस् । जहाँ उ र म होईन हामी र हाम्रो आमाबा सहितको परिवार होस् । परिवार भित्र झैझगडा त भै रहन्छन तर, त्यो झगडालाई मिलाएर अगाडी बढ्न सकोस । मेरी प्रेमिका भित्र उ र म मात्र भएको परिवार कल्पना गर्ने शक्ति हराओस । उसलाई म सयुंक्त परिवारको कल्पना गरि रहेको हेर्न चाहान्छु । उस भित्र अन्य नारीहरूको झै आमाबा बिनाको छुट्टै संसार देख्ने सपना नआई दियोस । महिलाले सयुंक्त परिवार चलाउन सक्दैनन् भन्ने दाग उस भित्र नछापियोस् ।

सात आठ छोराछोरी दुई आमाबाले सजिलै पाल्न हुर्काउन सक्छन तर ती सात आठ छोराछोरीले दुई आमाबालाई आफ्नो परिवार भित्र समावेश गर्न किन सक्दैनन् ? हाम्रा हजुरआमा, आमाहरूले परिवार जसरी चलाउन खोज्थे आजका छोरी बुहारीले उस्तै चलाउन किन सक्दैनन् ? सानो सानो निहुमा परिवार भित्र कलह गराउन माहिर किन हुन्छन बुहारीहरू ? आफुलाई भन्दा धेरै माया दिएर हुर्काएको सन्तानले पत्नी पाउने बितिकै आमाबाबाट टाढा रहन कसरी सक्छ ? उसले पत्नीलाई सयुंक्त परिवार समाल्न किन भन्दैन ?

पत्नी सबथोक आमाबा घाँडो उसलाई किन लाग्छ ? तीन छोरा मस्तसँग मिलेर बसिरहेको परिवार भित्र जब एउटा बुहारी भित्रिन्छे पहिला भन्दा त्यो परिवार भिन्न अवस्थामा पुगि सक्छ । दोस्रो बुहारी भित्रिने वितिकै परिवार भित्र फाटो आउन थाल्छ । र तेस्रो भित्रिए पछी परिवार परिवार रहदैन । तीन तिरबाट परिवारको डोरी तानिन्छ । बिचमा रहन्छन आमाबा । परिवार भित्र एउटा बुहारीले यो सोच्दिन कि हामी सबै मिलेर परिवारलाई मजबुत बनाउनुपर्छ । आमाबा सहित परिवारलाई सुन्दर बनाउनु पर्छ । सबै बुहारीको सोच एउटै रहन्छ छिटो भन्दा छिटो परिवार लाई टुक्राउनु पर्छ ।

सयुंक्त परिवारसँगको सम्बन्ध लाई तोड्नुपर्छ । अझ बलेको आगोमा घिउ थप्ने काम छरछिमेकीको रहन्छ । तीन ओटै बुहारीलाई घिउ थपी थपी आगो दन्काई दिने । छोराहरू मौन रहन्छन । बुहारीका कारण पनि हिजोसम्म मिठो सम्बन्धमा बाधिएका दाजुभाइ बिच तँ तँ र म म भन्दै बोलचाल बन्द रहन्छ । परिवारलाई मिलाउन भन्दा पनि तोड्न पाउदा खुसी मिल्छ होला झै लाउछ बुहारीलाई त । हरेक परिवारमा बुहारी नै छुच्चो हुने आखिर किन ? उनीहरू भित्र सासुससुरा अनि देवर, नन्दलाई मिलाएर सयुंक्त परिवारको परिकल्पना गर्ने आँट किन आउदैन ?

बिबाह गरेर भित्रिएको केहि दिनमा नै मिलेर बसिरहेको सयुंक्त परिवारलाई सिसा फुटाए झैँ फुटाउने सोच कताबाट आउछ ? आमाबालाई भगवान मानेको छोरोलाई अनेकौँ जालमा फसाएर आमाबा माथी घृणा पैदा गराई दिने शक्ति बुहारीमा कसरी प्राप्त हुन्छ ? हरेक बुहारीले सयुंक्त परिवार समाल्न नै नसक्ने हुन त ? मिठो खान र राम्रो लगाउने निहुमा केहि बुहारीहरू सयुंक्त परिवारको फन्दाबाट अलग हुन हतार गर्छन । केही भने सयुंक्त परिवारलाई बोझ सम्झिएर टाढिन्छन् । केही बुहारीहरू चाई सासुससुरा, देवर, नन्दलाई आफ्नो कब्जाबाट फुस्काउन सयुंक्त परिवारविरुद्ध आवाज उठाएर भिन्न हुन्छन । धेरै बुहारीमा अहमले जडो गाडेको हुन्छ । त्यस्ता पनि सयुंक्त परिवारमा अडिक रहन सक्दैनन् । समाजको कुरो बढी सुन्ने बुहारीले पनि सयुंक्त परिवारबाट छिटो हात झिक्छन् ।

आमाबाको काखमा लडिबडी गर्दै, श्रीमतीसँग मस्किदै, दाइ, भाइ, बहिनीसँग जिस्किदै गर्दाको आनन्द सयुंक्त परिवारमा हुन्छ भन्ने सोच म मेरी प्रेमिकालाई बुझाउन चाहान्छु । उस भित्र सयुंक्त परिवारलाई लिएर उब्जिएका घृणाहरूलाई मेटाउन चाहान्छु । आमा बा शब्द उच्चारणमा नै स्वर्गीय आनन्दको अनुभूति गर्न सकिन्छ भन्ने सोच उस भित्र पार्न चाहान्छु । जब कुनै महिलाले सयुंक्त परिवारको कल्पना गर्छिन् तब उनलाई उक्त कल्पना बिफल पार्न गाउका छर छिमेकी मरिहत्य गर्छन । आफ्नै ठानिएकाबाट पनि सयुंक्त परिवारविरूद्ध उसलाई अनेकौँ कुराले तोडमोड पारिदिन्छन् ।

एउटा प्रेमिका जब बुहारी बन्छे तब उ परिवारसँग छुट्टिएर लोग्नेसँग मात्र बस्ने सपना देख्छे । प्रेमिकाले मेरो टाउकोलाई आफ्नो काख भित्र च्याप्दै परिवारको कल्पना गरि रहेकी छन । आमाको काखमा च्यापिदै हुर्कीएको म भोलि प्रेमिकालाई श्रीमती बनाई सकेपछी त्यही आमालाई उसले आफ्नो परिवार भित्र राख्दिन, मलाई थाहा छ । उस भित्र पनि समाजको कू गडेको छ । उसलाई पनि यही समाजले पाठ सिकाउने छ । सासुलाई के गर्ने ? ससुरालाई के गर्ने ? जेठाजु, देवर, नन्द कसलाई कस्तो व्यवहार गर्ने सबै समाजमा रहेका अन्य बुहारीले पाठ सिकाउने छन् उसलाई पनि । उसले पनि सक्दिन सयुंक्त परिवार चलाउन । परिवार तोडेर छुट्टै बस्ने सपना देखि हाल्ने छे । सिसा नै सिसाले बनेको हुन्छ परिवार कसैले सानो ढुङ्गा हान्यो भने फुटि हाल्छ ।

“सुनन् तिम्रो परिवार भित्र मलाई कहिले लैजाने हो ?” मुसुक्क हाँसोको साथ भन्छे ऊ । मेरो परिवार सहजै सुर्काने उसले बिहे अगाडि मात्र हो । तिम्रो परिवार भित्र कहिले लैजाने हो उसले भनेकी छे । जब उसलाई मैले मेरो परिवार भित्र भित्र्याउछु तब उसले आफ्नो परिवार भित्र मलाई मात्र राख्ने छे । मेरो परिवारलाई उसको परिवार भित्र समावेश गर्ने छैन । “कता हरायौँ ?” “हँ छैन हराएको ।” मुसुक्क हास्छु । म चाहान्छु मेरी प्रेमिकाले हिम्मत बटुलोस ।

उसको परिवार भित्र मेरा आमाबाले स्थान पाउन । उसले आफ्नो आमाबाको माया मेरा आमाबाबाट पाओस् । आमाबा सँगसँगै रहेर श्रीमती दाइ भाइ भाउजु बुहारी सबैसँग रमाईलो गर्दै परिवार चलाउदाको मज्जा उसले महसूस गरोस । सयुंक्त परिवार चलाउने हिम्मत नहारोस । आमाबा जिउदो रहुनजेल उहाँहरूको आँखामा उसले आँशु नदियोस् । जति मज्जा सयुंक्त परिवारमा छ त्यति मज्जा बुढा बुढीको मात्र परिवारमा छैन भन्ने महसूस उसले पाओस् । उसलाई देखाई दिन सकु पल्ला घरे आमाबाले उसको बुहारीबाट पाएको सुख ।

परिवार तोडेर छुट्टै बस्दा छिटो सम्पन्न भैन्छ । आफूले चाहेको हर चिज गर्न सकिन्छ । आफ्नो ईच्छा अनुसार खान र चल्न सकिन्छ । कसैको अधिनमा बस्नु पर्दैन । केहि महिलाहरूको सोच यस्तै रहन्छ । आफ्नो लोग्नेले कमाएको रूपैँया अरू परिवारका सदस्यलाई किन दिनु ? यो समेत सोच्ने कयौँ हुन्छन । हाम्रै छिमेकी काकाको घरमा अस्तिसम्म मस्त मिलेका परिवार थिए । हिजो भित्रिएकी नारी पात्रले उक्त परिवार भित्र नै पानी बाराबार गाराई दिई । मलाई अचम्म लाग्छ, कस्तो शक्ति बोकेर परिवार भित्र प्रवेश गर्छन नारी ।

परिवार भित्र सबैभन्दा धेरै कमाउने छोरो छ भने उसको पत्नीले परिवारबाट छिटै अलग हुने परिकल्पना गरि हाल्छे । उसले सासु ससुरालाई आफ्नो परिवार भित्र समावेश नगरि अलग हुन्छे । उसलाई सयुंक्त परिवार मन पर्दैन कारण आफ्नो लोग्नेले धेरैँ कमाएको छ । पैसाले पनि महिला भित्र ठूलो अहम पैदा गरिदिन्छ । परिवार भित्र फाटो ल्याउने काम पैसाले गर्छ । आफ्नो सासुससुराबाट टाढा रहेर आफ्नो लोग्ने अनि बालबच्चा सहितको परिवारमा रमाउने हरेक महिलाको सोचाईले नै सयुंक्त परिवार कुनै महिलाले समाल्न नै सक्दैनन् । “तिम्रो परिवार भित्र कहिले लैजाने हो के ?” यस पटक भने उँ चर्को स्वरले चिच्याउछे । “लैजाने हो के केहि समय पख ।” मैले शान्त स्वरमा भन्छु……!!!

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहीबार ०७:५९