८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

-तारक धिताल

एउटै दापमा अट्दैनन् दुई खुकुरी
क़र्द भए साथै रहला, हेर्दा उस्तै भएपनि !

को भित्र को बाहिर एउटै दापमा घुस्ने लडाईं
कामै नलाग्ने बनाउने भयौ अब त दापै फुटाई !

जो भुत्ते हो, सक्छौं थुती फाल टाढै पुग्ने गरी
कि खोज अर्कै दाप आँफूलाई मिल्ने गरी !

खुकुरी त्यो खिया लागी वा आपसमा ठोक्किई धार सबै झरे
काम त्यसले खै कसरी दिन सक्ला र आवश्यकता पर्दा भरे !

काम र शोभा दिन्थ्यो साथै भए कर्द, चकमक, खकुरी र दाप
फुटेर छताछुल्ल पारे, कसले कसलाई किन अब दिने साथ ?

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार १७:२७