१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

२२ सांसदको हातमा एमालेको स्पष्टिकरण पत्र, कारबाहीबारे नेतृत्व नै अन्योलमा


६ साउन, काठमाडाैँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भोट दिने २२ जना सांसदलाई नेकपा एमाले स्पष्टिकरणको पत्र पठाएको छ । एमालेले २२ सांसदलाई पठाएको पत्रमा कारबाही किन गर्ने भनेर सोधेको छ । स्पष्टिकरण पत्रमा एमालेले पार्टी र संसदीय दलको विधानविपरीतका क्रियाकलाप किन गरेको भनेर प्रश्न सोधेको छ । २४ घण्टाभित्र स्पष्टीकरण चित्तबुझ्दो नदिएमा साधारण सदस्यलगायत पार्टीको जिम्मेवारीबाट निष्कासन किन नगर्ने भन्ने प्रश्न गरेर पठाइएको पत्र सांसदहरूले बुझेका छन । यद्यपी २२ माथि कस्तो कारबाही गर्ने भन्नेमा एमाले नेतृत्वमा अन्योलग्रस्त देखिएको छ । कारबाहीको चेतावनी ठूलो स्वरमा दिने तर कारबाही चाहिँ नगर्ने प्रवृति एमालेमा देखिएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार १६:५३