७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

बुधबार घट्यो सुनकाे मूल्य, कति पुग्याे ताेलाकाे ?


६ साउन, काठमाडौँ । बुधबार सुनचाँदीको मुल्य घटेको छ । आज सुनकाे मूल्य तोलामा ७ सय रुपैयाँले घटेको छ भने चाँदीकाे मूल्य तोलामा २० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर प्रतितोला १२६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार ११:४३