११ बैशाख २०८१, मंगलवार | Wed Apr 24 2024

प्रिय माधव कमरेड, पार्टी त तपाईले पो बनाएको, तपाईलाई पार्टीले बनाएको हो र ?


प्रिय माधव कमरेड,
अभिवादन ।

आज सकिनसकी एउटा पत्र लेख्ने संयोग मिल्यो । अब कमरेडलाई यति कुरा चाहिँ भन्नै मन लाग्यो है । केही मनमा लागेको कुरा लेखेको छु । चित्त नवुझे माफ पाउ है ।

अचेल त हजुरलाई भेट्न स्वयं सम्माननीय प्रधानमन्त्री, नेकपा माओवादी केन्द्र, नेकपा, जनता समाजवादी पार्टी र जनमोर्चाका नेता हजुरकै घरमै कहिले विहान कहिले बेलुकी लाईन लागेर पुगिरहेका छन । अब हजुर किन एमालेमा बस्ने ?

अब एमालेमा बस्दा हजुरलाई कसले घरमा भेट्न आउछन् र ? अनि किन चिच्याउनु ती एमालेका नेता कार्यकर्तासँग ? चिच्याएर केही पाईन्छ ? जहाँ सान सौकात मान छ त्यहाँ पो जानुपर्छ । अपमान हुने, आफ्नो कुरा नलाग्ने ठाउमा किन जाने ?

फेरी १५ वर्ष भन्दा माथि पार्टीको नेता भाको मान्छे एक पटक अध्यक्ष हार्नासाथ थिच्न पेल्न पाईन्छ हजुरलाई ? तपाई त पार्टीको वरिष्ट नेता पो त ? पार्टी त तपाईले पो वनाएको त । तपाईलाई पार्टीले वनाएको हो र ? नडराउनुहोस् के । यतिका साह्रा मेडिया तपाईका पछी छन् । कति वाह वाह छ । त्यो जावो एमाले रिसाएर के नापिन्छ र ?

माधव कमरेड ! अब हतार गरौँ । सरकारमा पनि गै हालु । जाउँ । तपाईका नजरमा योग्य देखिएका महान क्रान्तिकारी अनि विधी र प्रकृया मान्नेलाई छानी छानी मन्त्री वनाउनुस् । सवका सवलाई मन्त्री वनाई हाल्नुस् ।

ज्वाईलाई राजदूत पनि वनाईहाल्नुस् । भाईलाई संवैधानिक पदमा राख्नुस् । सबैतिर आँखाले देखिएका ठाउँमा आफन्त र विधि प्रकृयाका महान पक्षधरहरुलाई भर्ना गरिहाल्नुस् ।

हामी एमालेहरु त तपाईको सेवक हौ । किन चिन्ता गर्नुहुन्छ ? हजुरले जे गरेपनि ताली ठोकौला नि । फेरी यत्रा मेडिया छन् हजरलाई ढाक्ने । पीर नमानौ के ।

तपाईलाई अठार महिनापछि फेरी यसरीनै विजयी गराउदै जाउला हामी । किन चहियो त्यो एमाले ? विधि प्रकृया नमिलेमा हामी रुख, कलम, हसिया हथौडालाई अनुरोध गरौला अनि छाप पनि लगाउन लगाउला । उनीहरुले हजुरलाई लाउनु गुण लाउने छन् अब । अनि जिताईदिनेछन् पनि । अनि किन चाहियो सूर्य ? मदन भण्डारी, मनमोहनले वोकेको सूर्य अनि हसिया हथौडा नि अब कोही वोक्छ ?

२०५१ सालको मध्यावधिमा रौतहटवाट उठ्न नसकेको तपाईलाई अब २०७९मा काठमाडौ मात्र हैन जहाँबाट पनि विजयी वनाई दिउला । नभए त समानुपातिकमा त डा. साप, प्रधानमन्त्रीज्यू, प्रचण्ड कामरेडले त खाममा हालेर निर्वाचन आयोगमा वुझाई हाल्नु हुन्छ नि, पीर नगरम । विधि र प्रकृयालाई कायम राख्दै जानुहोला ।

लालसलाम ।

नागमणी
नेकपा एमाले
काठमाडौ क्षेत्र नं २
जडिवुटी नरेफाट

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलवार २१:४१