७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

कक्षा १२ को परीक्षा साउन ३१ देखि शुरु हुने


५ साउन, काठमाडौँ । कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि शुरु हुने भएको छ । मंगलबार बसेकाे परीक्षा बोर्डकाे बैठकले साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हाे ।

विद्यार्थीले परीक्षा सम्बन्धित विद्यालयबाटै अर्थात होम सेन्टरबाटै दिन पाउनेछन् । परीक्षा भदौ ९ गतेसम्म हुने भएको छ । परीक्षा अवधिमा गाइजात्रा र जनैपूर्णिमाको दिन विदा दिएर शनिबार पनि परीक्षा सञ्चालन गरिने भएकाे छ । यस पटक तीन लाख ८६ हजार विद्यार्थीले परीक्षा फाराम भरेको परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलवार १८:२७