१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

आफ्ना लागि आर्थिक संकलन नगरिदिन पल्पसाको आग्रह


५ साउन, काठमाडौँ। हाँस्य कलाकार पल्पसा डंगोल दुबै मृगौला फेल भएपछि काठमाडौँको टिचिङ अस्पतालमा उपचार गराइरहेकी छिन् । उनको मृगौला नै फेर्नु पर्ने डाक्टरले बताएका छन् । अभिनेत्री डंगोलले आफ्नो दुबै किड्नी खराब भएपछि डाइलासिस गराई रहेकी छिन् ।

पल्पसाको मृगौलाले काम नगरेको भन्ने खबर सार्वजनिक भएपछि उनको उपचारका लागि रकम जुटाउनका लागि आर्थिक अभियान पनि सुरु भएको छ । तर, पल्पसाले भने आफूलाई पैसा भन्दा पनि किड्नीको नै आवश्यकता परेको बताएकी छिन् । आफुले सहयोगको लागि नभनेको तर केहि व्यक्तिहरुले सहयोग उठाएको उनले गुनासो व्यक्त गरिन्।  विगत ५ बर्षदेखि किड्नीको समस्यासँग जुधिरहेकी पल्पसा विगत १ महिनादेखि भने अस्पतालमा भर्ना भएर उपचार गराइरहेकी छिन् ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलवार १३:३९