१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

दोहोरो अंकले बढ्यो नेप्से, ११ अर्ब ८१ करोडकाे काराेबार


४ साउन, काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार पनि बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार साेमबार सेयर कारोबार मापक नेप्से परिसूचक १३.९७ अंकले बढेर २९९४.५८ मा पुगेकाे छ । नेप्से ०.४७ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक भने ०.०२ अंकले घटेर ५६०.९४ मा पुगेको छ ।

दिनभर २ सय १९ कम्पनिको ३७ करोड ५७ लाख १ हजार ३ सय ५४ कित्ता शेयर १० लाख ७ हजार ७ सय ९७ पटक कारोबार हुदा ११ अर्ब ८१ करोड ३७ लाख ५४ हजार ६ सय ७ रुपैयाँको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै काराेबार हुने एनआईसी एशिया बैंक लिमिटेड, नबिल बैंक लिमिटेड, नेपाल बङ्गलादेश बैंक लिमिटेड, राष्ट्रिय बीमा कम्पनी संस्थापक सेयर, सीनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेड, एनएमबि बैंक लिमिटेड, अरूण काबेली पावर कम्पनी लिमिटेड, मञ्जुश्री फाइनान्स कम्पनी लिमिटेड, सिद्धार्थ बैंक लिमिटेड र ग्लोबल आईएमई बैंक लिमिटेड रहेका छन् ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार १६:१०