१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

राष्ट्रिय वाणिज्य बैंकले सार्वजनिक गर्याे नयाँ ब्याजदर


४ साउन, काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले साउन १ गतेदेखि लागूहुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकका अनुसार नयाँ ब्याजदरमा बचत खातामा ३ प्रतिशतदेखि ५ प्रतिशत र मुद्दति निक्षेपको व्याज न्यूनतम ५ प्रतिशत देखि अधिकतम ७.२५ प्रतिशतसम्म दिने भएको छ ।

त्यस्तै, बैंकको गत बर्षको चैत मसान्तसम्म ४.३० प्रतिशत आधारदर रहेकोमा साउनमा अधिकतम ३ प्रतिशतसम्म थप गरी ब्याजदर सार्वजनिक गरेको छ । गतबर्षको चैत्र मसान्तमा बैंकको ब्याजको आधारदर ४.३० प्रतिशत कायम गरेको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार १३:१५