८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

बढ्यो सुनको मूल्य, कति पुग्याे ताेलाकाे ?


४ साउन, काठमाडाैँ । सोमबार नेपाली बजारमा सुनको मूल्य २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँमा काराेबार भएकाे छ । गत आइतबार छापावाल सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियाे ।

त्यस्तै, आज तेजाबी सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आज  चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले घटेर १२९० रुपैयाँमा काराेबार भएकाे महासंघले जनाएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार १२:००