४ बैशाख २०८१, मंगलवार | Tue Apr 16 2024

मेगा बैंकको अध्यक्षमा पुनः भोजबहादुर शाह सर्वसम्मत (सञ्चालक समितिका सदस्यको सूचीसहित)


३० असार, काठमाडाैँ । मेगा बैंक नेपाल लिमिडेटकाे साताैँ साधारणसभाले पुनः भाेजबहादुर शाहकाे नेतृत्वमा नयाँ सञ्चालक समिति चयन गरेको छ । गएराति अबेर सम्पन्न साधरणसभाले छ जना सञ्चालक चयन गरेकाे थियो ।

साधरणसभाबाट प्रमोटरतर्फ भोजबहादुर शाह, गोपाल खनाल र मदन आचार्य निर्वाचित भएका छन भने पब्लिकतर्फ मुक्तिराम पाण्डे, बालकृष्ण शिवाकोटी  र इन्द्रबहादुर मल्ल  निर्वाचित भएका छन ।

६ जना बोर्ड सदस्यको शनिबार बिहान बसेको बैठकले अध्यक्षमा पुनः शाहलार्इ सर्वसम्मत निर्वािचत गरेको सञ्चालक समितिका सदस्य मुक्तिराम पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति : ३० असार २०७५, शनिबार १०:०८