१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

साउन १० गतेदेखि ८ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्दै नविल बैंक


३ साउन, काठमाडौँ । नबिल बैंक लिमिटेडले साउन १० गते बिहीबारदेखि ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले वार्षिक ८ प्रतिशत ब्याजदरमा ७ वर्ष अवधिको ‘८ प्रतिशत नबिल डिबेन्चर २०८५’ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो ।

प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । जसमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई छुटाईएको छ भने बाँकी रहने १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता बैंकले व्यक्तिगत बिक्री गर्ने छ । सर्वसाधारणका लागि बिक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको बैंकले जनाएको छ ।

इच्छुक लगानिकर्ताले ऋणपत्र खरिदका लागि छिटोमा साउन १३ गतेसम्ममा आवेदन दिन सक्ने छन । साे समयमा आवेदन नपरेमा निष्काशन अवधि २४ गतेसम्म थप हुने छ ।

ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ । इच्छुक लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाको शाखा कार्यालयहरुबा ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आईतवार ११:००