१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

टोकियो ओलम्पिकको सुरक्षित भनिएको ओलम्पिक भिलेजभित्रै कोरोना भेटियो


३ साउन, काठमाडाैँ । ओलम्पिक भिलेजभित्रै कोरोना भाइरसको सङ्क्रमण भेटिएको छ । टोकियो ओलम्पिकको सुरक्षित भनिएको ओलम्पिक भिलेजभित्रै कोरोना भाइरसको सङ्क्रमण भेटिएको र ती विदेशबाट आएका व्यक्ति रहेको आयोजक कमिटीले पुष्टि गरेको छ ।

सङ्क्रमित व्यक्ति खेलाडी नभएको पनि आयोजक कमिटीले पुष्टि गरेको छ । आयोजकले कोरोना सङ्क्रमितको परिचय गोप्य राखेको छ । कोरोना सङ्क्रमण देखिएपछि उनलाई छुट्टै आइसोलेशनमा राखिएको छ । प्रतियोगिता यही २३ तारिखदेखि अगस्ट ८ तारिखसम्म हुँदैछ ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आईतवार ०७:५८