१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

‘मेरी बास्सै’ की चम्सुरीको दुबै मिर्गाैला फेल, तत्काल प्रत्यारोपण गर्नुपर्ने


२ साउन, काठमाडाैँ । कलाकार पल्पसा डंगोल (हास्य टेलिश्रृखंला ‘मेरी बास्सै’ की चम्सुरी)को दुबै मिर्गाैला फेल भएको छ । स्वास्थ्यमा निकै समस्या देखिएपछि चम्सुरी अस्पताल भर्ना भएकी छिन ।

कलाकार दीपाश्री निरौलाका अनुसार चम्सुरीमा केही अगाडि मिर्गौला सम्बन्धि समस्यामा देखिएको थियो । सो समस्याका कारण उनी एक महिना अस्पताल भर्ना भएर केही दिन अगाडि मात्र घर फर्किएकी थिइन् । तर घर फर्के लगत्तै स्वास्थ्यमा फेरि समस्या देखिएकोले उनलाई पुनः अस्पताल भर्ना गरिएको हो ।

चिकित्सकले चम्सुरीको मिर्गाैला प्रत्यारोपण गर्नुपर्ने सुझाव दिएका छन । विगत १३ वर्षदेखि नियमित रुपमा उनी ‘मेरी बास्सै’ मा अभिनय गर्दै आएकी छिन ।

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार २२:४५