१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

एनआरएन मकाउको अध्यक्षमा राजेश प्रसाइको उम्मेदवारी


२ साउन, काठमाडाैँ । एनआरएन मकाउको अध्यक्षमा राजेश प्रसाइको उम्मेदवारी दिएका छन । आर आर क्याम्पसको स्ववियुका पुर्व नेता प्रसाईले अध्यक्षमा उम्मेदवारी दिएको जानकारी दिए ।

पुर्वाञ्चलको झापा दमकका स्थायी बासिन्दा प्रसाईले आफ्नो ११ बुँदे प्रतिबद्धता सहित उम्मेदवार घोषणा गरेका हुन्। प्रसाईं सन् २०१२ सालदेखि मकाउमा रहँदै आएका छन ।

नेपाली समाज मकाउको विभिन्न कार्यक्रममा सकृयतापुर्वक सहभागी हुने र मात्रृभूमिको हरेक सुखदुःख सहभागी हुने प्रसाई अध्ययनशील अनि बौद्धिक ब्यक्ती समेत हुन्। उनले त्रिविबाट राजनिशास्त्रमा स्नातकोत्तर (एम ए) गरेका छन्।

प्रसाईंले राजनीतिको सुरुवात चै आर आर क्याम्पसबाट गरेका हुन्। झापामा स्कुल तहमै नै अनेरास्ववियुमा संगठित भएकf प्रसाइले काठमाडौ आएपछि सकृयपुर्वक राजनीति गरे।

गणतन्त्र प्राप्तिको आन्दोलनमा कफन बाधेर अग्रमोर्चामा खटिरहने प्रसाईं, २०६० सालमा सम्पन्न भएको स्ववियु निर्वाचनमा सर्वाधिक मत ल्याएर बिजयी समेत भएका थिए। क्याम्पसमा गणतन्त्रका लागि नमुना मत्र सर्वेक्षण गर्ने कार्यमा उनको महत्त्वपूर्ण भुमिका थियो।

गणतन्त्र कि राजतन्त्र भन्ने अप्सन राखेर नेपालमा नै पहिलोपटक आर आर क्याम्पसका स्ववियु तथा अनेरास्ववियुले सर्वेक्षण समेत गरेको थियो। जसमा राजेश प्रसाईले अगुवाइ समेत गरेका थिए। २०६२/६३ जन आन्दोलनम उनको बास घरमा भन्दा धेरै बाहिर नै हुन्थ्यो।

“म त्यो समयमा घरमा भन्दा धेरै साथीहरूकोमा, क्याम्पस आसपासको होटल तिर बस्थे, पुलिसले निगरानी गर्ने र पक्राउ गर्ने अदालतको आदेशले छुट्ने सामान्य जस्तो भएको थियो” । विगत कोट्याउदै प्रसाईले भने। “त्यो समयमा जेलनेल सामान्य हुन थालेको थियोे, पुसिलले पक्राउ गरेर लाने, विभिन्न पुर्जी थमाउने कस्टडीमा अमानवीय यातना दिने, पछि अदालतको आदेशले रिहा गर्ने” । “त्यो बेला पुलिसको अमानवीय यातनाले गर्दा अहिले पनि बादल लाग्दा/झरी पर्दा शरीर दुख्ने गरेको छ” ।

उनले यसअघि एनआरएन मकाउमै महासचिव र उपाध्यक्षको जिम्मेवारी कुशलता पूर्वक पूरा गरेका छन । आगामी नेतृत्वको लागि (२०२१-२०२३) सालको महाअधिवेशनका लागि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी धोषणा गरेको दैनिकीलाई बताए।

राजेश प्रसाईले आफ्नो प्रतिबद्धता यसरी प्रस्तुत गरेका छन्।

१) मकाउमा स्थायी बसोवास गर्ने वा कार्यरत सम्पूर्ण नेपालीहरुको आपसी हार्दिकता र भाईचाराको विकासमा समन्वयकारी भुमिका निर्वाह गर्दै, अनुकुल वातावरण निर्माण गर्नेछु।

२) मकाउमा बसोबास वा रोजगारीको सिलसिलामा आइपर्ने विभिन्न समस्याहरुमा आपसी हातेमालो गर्दै, समस्याको लागि आवश्यक सहयोग तथा समन्वय गर्नेछु।

३) मकाउ स्थित नेपालीहरुले हङकङ वाणिज्य दूतावास मार्फत लिइरहेको सेवालाई आवश्यकता अनुसार थप प्रभावकारी बनाउन तथा कम्तिमा हप्ताको एकपटक संचालन हुने वातावरण मिलाउन पहल गर्नेछु ।

४) मकाउबासी नेपालीहरुले नेपाल सरकारबाट लिने सेवा हङकङबाट मात्र नभएर हाम्रो अनुकूलता अनुसार चीनको गोङ्जाउबाट समेत लिन सकिने सम्बन्धमा आवश्यक प्रयास गर्नेछु।

५) मकाउस्थित नेपालीहरुले राहदानी नवीकरण गर्दा महंगो भएको गुनासो लामो समयदेखि गरिरहेका छन्। यसमा पुनारावलोकन गर्न नेपाल सरकारसंग विशेष आग्रह गर्नेछु।

६) एनआरएनए मकाउको कार्यालय स्थायी रुपमा स्थापना गर्नेछु। जसबाट हामीले लिइरहेको विभिन्न सेवा सुविधाहरु व्यबस्थित हुन मद्धत पुग्नेछ। त्यसको लागि पहल गर्नेछु।

७) पर्यटन हाम्रो देशको आर्थिक विकासका लागि एक महत्वपूर्ण क्षेत्र हो। यसको प्रवर्द्धनका निम्ति नेपाल बाहिर विभिन्न देशमा बसोबास तथा कार्यरत नेपालीहरुको विशेष भूमिक रहन्छ। त्यसकारण नेपाल सरकारले पर्यटन क्षेत्रमा लिएको नीति अनुरुप विदेशी भूमिमा खेल्नुपर्ने आवश्यक भूमिका तदारुकताका साथ निर्वाह गर्नेछु।

८) देशका विभिन्न उत्पादनलाई प्रवर्द्धन तथा बजारीकरण गर्न मकाउमा ब्यापार तथा ब्यावसायरत नेपाली व्यावसायीहरुसंग समन्वय गरेर आवश्यक पहल गर्नेछु।

९) नेपालबाट विभिन्न उदेश्यका साथ मकाउ आएर स्थायी वा अस्थायी रुपमा बसोबास गर्नु हुने सम्पूर्ण नेपालीहरुको समुदायगत संस्कार तथा संस्कृति संरक्षण तथा प्रवर्द्धन गर्न हातेमालो र सहकार्य गर्नेछु।

१०) हाम्रो राष्ट्रिय पर्व, सास्कृतिक तथा धार्मिक चाडहरु पारिवारिक वातावरणमा मनाउन संधको तर्फबाट अहम भूमिका निर्वाह गर्दै कार्यक्रमहरुको आयोजना समन्वय र विभिन्न संध संस्थाहरुसंग सम्पर्क गर्नेछु ।

११) व्यक्तित्व विकास भाईचारा, सद्भावका लागि अन्तरक्रिया आवश्यक विषयमा प्रशिक्षण तथा खेलकूद लगायद विविध कार्यक्रमहरुको आयोजना गर्नको लागि पहल र समन्वय गर्नेछु ।”

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार २२:३५