१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

उदय रानामगरको नयाँ पुस्तक ‘सुशासन र समृद्धि’ बजारमा


१ साउन, काठमाडाैँ । हङकङका लागि नेपाली महावाणिज्यदूत उदय रानामगरको नयाँ पुस्तक बजारमा अाएको छ । अध्ययन र लेखनमा सक्रिय रानामगरको ‘सुशासन र समृद्धि’ नामक पुस्तक प्रकाशन भएको छ । पुस्तकमा लेखक रानामगरले लेखेका विकास, सुशासन, शान्ति र समृद्धि बारेका ५८ वटा लेख समावेश गरिएका छन् ।

पुस्तकभित्रका लेखहरु सबै अनुसन्धानमुलक भएको लेखक रानामगरले बताएका छन । पुस्तक विशेषगरी विकासप्रेमीहरुको लागि उपयोगी रहेको छ । महावाणिज्य दूत रानामगरले प्रकाशन गरेको पुस्तक समग्रमा नेपाली समाजको सचित्र आउनेगरी लेखहरु तयार गरिएकाले पुस्तक आम पाठकका लागि पनि पठनीय सामग्री बन्न सक्ने उनको विश्वास छ ।

नुवाकोटको बेलकोटगढी नगरपालिका १२ निवासी रानामगर महावाणिज्य दूतका रुपमा हङकङ जानुअघि झापाका प्रमुख जिल्ला अधिकारी थिए । उक्त पुस्तक पाठकले बजारमा खरिद गर्न पाउनेगरी पैरवी प्रकाशनले व्यवस्था गरेको लेखक रानामगरले बताए ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार १९:१८