११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

दाेहाेराे अंकले बढ्यो सेयर बजार, ८ अर्ब १४ करोडको कारोबार


३१ असार, काठमाडौँ । साताको अन्तिम दिन आज सेयर बजार दाेहाेराे अंकले बढेकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक ११.३३ अंकले बढेर २८८३.३८ मा पुगेकाे छ । नेप्से ०.३९ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक १.९३ अंकले बढेर ५४१.३१ मा पुगेको छ ।

आज दिनभर २२३ कम्पनिको ५८ करोड ५० लाख २ हजार १ सय ९ कित्ता शेयर ७३ हजार २ सय ७२ पटक किनबेच हुँदा ८ अर्ब १४ करोड ३६ लाख १४ हजार ३ सय २ रुपैयाँको कारोबार भएको छ ।

आज सबैभन्दा बढि हाईड्रोपावर समुहका लगानिकर्ताले कमाएका छन । हाईड्रोपावर समुह ५६.१४ अंकले बढेको छ । त्यसैगरी फाइनान्स समुह ४७.८९ अंकले बढेको छ भने माईक्रोफाइनान्स समुह ४५.७१ अंकले बढेको छ भने व्यापार समुह २८.७१ अंकले बढेको छ ।

त्यसैगरी आज सबैभन्दा बढि होटल एण्ड टुरीजम समुहले सबैभन्दा बढि गुमाएका छन । होटल एण्ड टुरीजम समुह ५० अंकले घटेको छ भने जिवन विमा समुह ४३ अंकले ओरालो लागेको छ ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहीबार १५:४१