८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

सेञ्चुरी कमर्सियल बैंकको कामु सीईओमा न्यौपाने नियुक्त


३१ असार, काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा मनोज न्यौपाने नियुक्ति हुनुभएको छ । बुधबार बसेको सञ्चालक समितिको बैठकले न्यौपानेलाइ कामु सीईओ नियुक्त गर्ने निर्णय गरेको बैंकले जनाएको छ । यसअघि उहा नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत हुनुहुन्छ ।

असार २० गते बैंकका सीईओ तुलसीराम गौतमले दिएको राजीनामा भोलीबाट लागुहुने गरि स्वीकृत गर्दै सोही दिनदेखि न्यौपानेलाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको बैंकले जनाएको छ ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहीबार १३:४५