नेपालका नेताले राजनीतिलाई भ्रष्टाचार गर्ने थलो बनाए

-डा युवराज संग्राैला

अब्राहम लिकंन अमरीकी गोराहरुको दासत्वबाट अस्वेत दासलाई मुक्ती दिन चाहान्थे। उन्को घोषणा तयार थियो।तर उन्का नातेदारले बिरोध गरे दासप्रथा उन्मुलनको। उन्ले भने /मेरो ज्यान जान्छ भने जावस तर म अमानवीय प्रथा मान्न सक्तिन।” नेतामा विवेक हुन्छ। जब मानिस बुद्धीभन्दा पर गएर बिचार गर्छ, उस्ले विवेक बोकेको हुन्छ।

नेल्सन मन्डेलालाई मार्ने प्रयास भैरह्यो। उन्ले भने मलाइ पनि क्रीस हानीलाई मारेजस्तै मार्छ्न, तर पनि म नस्लबादका विरुद्ध लड्छु र दक्षिण अफ्रीकालाई मुक्त गर्छु।

माओ चिङ्गानसान पहाडमा आधार इलाका बनाउदै थिए। उन्कि श्रीमतीलाई घरबाट पक्रेर लगे र चियाङ्गकाइ सेकका फौजले जेलभित्र गोलिहानी मारे। उन्का तिनजाना छोराछोरी कतागए भन्ने पत्ता लागेन। “माओ रोय। चु द ले संझाए। अनि माओले भने मेरा मात्र होइन हजारौं जनताका छोराछोरी खान नपाएर मर्छ्न। नयाँ चीन बनाउन मलाइ केही कुराले रोक्दैन।”

अमेरिकी जहाजले बम खसाइर्यो, हवाना शहरमा बालबालिकाको मृत्यु भयो, कास्ट्रो रास्ट्रपति थिए, तर उनी जनताका घाइते छोराछोरी टिप्न सडकमा गए।

कल्कत्तामा हिन्दु र मुसलमानका बिचमा दंगा भयो। महात्मागांधी लठ्ठी टेकेर कलकत्ताका सडकमा गए। इन्दिरा गान्धीले नेपालको तराई खाने खेल खेलीरहेकी थिइन। नेपालको स्वाधीनता खतरामा थियो, बिपि कोइराला नेपाल आएर पक्राउ परे देशभक्तिको पक्षमा निरंकुश दमनबाट डराएनन। मनमोहन घाइते थिए। तर पनि आफ्नो जवाफ दिए र पद छोडे।

यो गन्थन किन?

किन भने नैतिकता बिना मानिस नेता हुन सक्दैन। यी माथीका नेतामा नैतिकता थियो।

१. फूटबल राम्रो हुन्छ। खेलाडीले माया गरेर बोक्छ, मोहि पनि खान्छ। तर जब खेल शुरु हुन्छ, त्यो फूटबललाई सबले लात्तले हान्नै पर्छ। मानौ फूटबल राजनीति हो। तब यस्लाइ के गर्नु पर्छ? लात्तले हान्नु पर्छ।

२. हामी प्लेटमा खाना खान्छौं, चाटी चाटी। तर जब खाना खाइन्छ, प्लेटको काम सकिन्छ। भोलिपल्ट त्यो प्लेट नभएपनि हुन्छ। मानौँ राजनीति भात खाने प्लेट हो। तब यस्लाइ के गर्नु पर्छ ? स्वार्थ सिद्ध भएपछि छोडिदिनु पर्छ।

 

३. नेपालमा राजनीति गर्ने ले राजनीतिलाई खेल बनाए र भ्रस्टाचार गर्ने थलो बनाए। तर राजनीति त रास्ट्रको “जीवन” हो। यो धर्तीको माया हो। “लि क्वान यु हार्वर्ड पठ्थे। राजनीति गर्नु पर्ने बाध्याता आयो। सिङापुरलाई मलेसियाबाट प्रीथक रास्ट्र बनाउने संघर्ष गर्नु पर्ने भयो। उन्ले राजनीतिमा आफुलाइ होमे, सिङ्गापुरलाई बनाएर देखाए।

माओले एउटा कबिता लेखे, “जब म मेरो फिजांरिएको विशाल भुमी देख्छु मेरा आखां भिजीसकेका हुन्छन।” मन्डेलालाई जेलभित्रबाट बांचेर आउन संभब लाहेको थिएन। उन्लाइ यातना दिएको थियो। उन्ले गार्ड सङ्ग पानी मागें, ल खा भन्दै मुति दियो। उन्ले प्रतिरोध गरेनन किनभने उन्लाइ बांच्नु थियो। उन्का अँखामा गरीब जनता थिए। तिन्लाइ मुक्ति दिनु थियो।

४. शक्तिशाली बन्न र ठुलो मानिस हुने महत्वकांक्षा बोक्ने मानिस घमन्डी हुन्छ, छुचो हुन्छ। उस्ले आफुलाइ पुजा गरून् र जे गरेपनि आलोचना नहोस भन्ने चाहान्छ। यस्तो स्वाभाब भएको नेतालाइ स्याल र चमेराले घेर्छ्न। तिन्का उपिया सरेर नेता समाप्त हुन्छ। आफ्नो भैवबका लागी राजनीति गर्ने मानिस लोतो, मोजमस्ती र धुर्त हुन्छ। यस्ले भ्रष्टाचारको डंगुर लगांउछ। जस्ले रास्ट्रको सुरक्षा, स्वार्थ र जनताको समृद्धिलाई महत्वकांक्षा बनाउछ त्यो नेता हुन्छ।

५. नेपालमा कथित नेताले देशको स्वार्थ भुले।आफ्नो गुट र आफ्नो स्वार्थलाई रास्ट्रको स्वार्थ बनाए। अस्ति यिनिहरुले गरेका गाली गलौज संझिदा ऐले पनि दिक्क लाग्छ। तर उनीहरुले एक शब्द आत्माअलोचना नगरी एकता गरे। यस्को मत्लब के हो? फेरि पनि गुट बनाएर सत्ता प्राप्त गर्नु।

६. वहाँहरु कि अस्ति मुखबाट फोहोरी कुरा निकाल्दा गलत त असभ्य हुनुहुन्थ्यो, यात आज अंगालो हाल्दा। दुबै कुरा सत्य हुन सक्दैन। अब उहाँहरुले भन्नू हुन्छ, त्यो त राजनीति हो। “हो यहि राजनीति राजनीति होइन, यो झुटनिति, दोग्लापन र ठ्गिधन्दा हो। यो बिचारहिन चमेराहरुको गीत हो।”

७. अब राजनीतिमा नैतिकताको लागी एबम रास्ट्रको स्वाभिमानका लागी जीवन समर्पित गर्ने हो।

१. बिचार, मुल्य र नैतिकता नभएको राजनीति राजनीति होइन। रास्ट्रको स्वार्थका विरुद्ध जोसुकै होस तेस्को बिरोध गर्नै पर्छ। अब निर्वाचनमा नेताहरूको अडिट हुन्छ।

२. अब राजनीतिलाइ अदालतमा स्थान हुन दिइदैन। अब सामाजिक न्यायलाई जिवनको लक्ष्य बनाइने छ।

३. प्रदेस सरकारको अवास्यता छैन। अब समृद्ध ससक्त र स्वायत्त स्थानीय सरकार र स्व्छ केन्द्र सरकारको वकालत गरिने छ।

४. अब विषयको विशेषज्ञता नभएको ब्यक्तीलाई अर्थमन्त्री, परराष्ट्रमन्त्री, कानुनमन्त्री, कृषिमन्त्री, स्वास्थमन्त्री मानिने छैन।

५. बालुवाटारमा पार्टीको बैठक गर्न र सिंह दरबारमा क्याबिनेट नगर्न पाइने छैन।

६. देशमा भाइरोलोजीको अनुसन्धान गर्ने र भबिस्यमा आउने जस्ता महामारीको अनुसन्धान गर्ने र औषधि बनाउने अनुशन्धान केन्द्र निर्माणको अभियान शुरु गरिने छ।

रचना र सिर्जना एबम बैज्ञानिक चेतमा आधारित बिचारले राजनीति प्रभावित हुनु पर्छ अब।

प्रकाशित मिति: ३० असार २०७८, बुधबार ०९:०४