७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

१६.३४ अंकले बढ्यो नेप्से, ५ अर्ब ५४ करोडको कारोबार


२९ असार, काठमाडौँ । मंगलबार नेप्से सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक १६.३४ अंकले बढेर २८७१.०३ मा पुगेकाे छ । नेप्से ०.५७ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ४.७४ अंकले बढेर ५३९.५१ मा पुगेको छ । आज दिनभर २ सय २३ कम्पनिको १२ करोड ३ लाख ४८ हजार ३ सय ८९ कित्ता शेयर ५३ हजार १ सय ३९ पटक किनबेच हुदा ५ अर्ब ५४ करोड ६३ लाख ५६ हजार २ सय २४ रुपैयाँको कारोबार भएको छ ।

जिवनविमा समुह बाहेक सबै समुहका लागानिकर्ताले आज कमाएका छन । आज सबैभन्दा बढि फाइनान्स समुह ९३.७८ अंकले बढेको छ भने विकास बैंक समुह ७०.३३ अंकले बढेको छ । त्यसैगरी माइक्रोफाइनान्स समुह ३३.९३ अंकले बढेको छ । आज निर्जिवन विमा समुह मात्र ६६.१९ अंकले घटेको छ ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलवार १५:३०