१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

कुनै एक खेलाडीको उपस्थितिले स्पोट्स इभेन्ट वा लिगलाई व्याख्या गर्न हुन्नः अमिर अख्तर


यसै वर्ष दशै अगाडि एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिता आयोजना हुँदै छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसि) ले पनि प्रतियोगितालाई मान्यता दिइसकेको छ । अघिल्लो वर्ष आयोजना गर्ने तयारी भए पनि कोरोनाका कारण प्रतियोगिता अन्तिम सयममा स्थगित भएको थियो । वेस्ट इन्डिजका चर्चित खेलाडी क्रिस गेल नेपाल आउने चर्चा चले पनि अन्तिम समयमा स्थगित हुँदा सम्भावना टरेको थियो । अहिले चौथो संस्करणको प्रतियोगिताको मिति तय भइसकेको छ । आयोजक एपिएलका कार्यकारी निर्देशक अमिर अख्तरले विश्वमा नाम कमाएका चर्चित खेलाडीले प्रतियोगितामा भ्रमण गर्ने बताए । उनै अख्तरसँग गरिएको कुराकानीको सम्पादीत अंश यस्तो छ ।

अघिल्लो वर्ष नै आयोजना गर्ने गरी तयार गरेको प्रतियोगिता कोरोनाका कारण स्थगित हुन पुग्यो । अब त्यो प्रतियोगिता आयोजना हुँदै छ । कोरोनाले धकेलिएको चौथो संस्करण प्रतियोगितामा नयाँ के हुँदै छ ?

हरेक वर्ष इपिएललाई नयाँ गर्ने हाम्रो लक्ष्य छ । नयाँ भन्दै नयाँ खेलाडीको उपस्थिति मात्र हुँदैन । नयाँ प्रोडक्सन, नयाँ प्रस्तुति र नयाँ सोचले यसपालिको इपिएल आगाडि बढ्ने क्रममा छ । नयाँ इपिएल यस्तो हुनेछ कि नेपालको स्पोर्ट्स क्षेत्रलाई ब्याख्या गर्ने किसिमको बनाइने छ । खेलाडीको प्रतिभा बाहेक कार्यक्रमको उत्पादन देखी बजार व्यवस्थापन उक्तिकै चुनौति पूर्ण हुन्छ । यस्तै विषयले लिगलाई अगाडि बढ्न सहयोग पु¥याउँछ । पछिल्लो पटक इपिएल आयोजना गर्दा नेपालको ट्वान्टी–२० वरियता फरक थियो । अहिले नेपाल १३ औं स्थानमा छ ।

नेपाल जस्तो देश र हाम्रो लागि ठूलो गर्वको कुरा हो । हामीले यस्तो अवस्थालाई भर पुर सदुपयोग गर्नु पर्छ । यति मात्रले पुग्दैन हामी, अझै अगाडि बढ्नु पर्छ र दश भित्र अटाउनु पर्दछ । अहिले हामी आयरल्यान्ड भन्दा धेरै माथि छौं । तर हामीले हाम्रो स्थानलाई सही सदुपयोग गर्न सकेका छैनौं ।

इपिएलको लक्ष्य यो वर्ष कसरी यसलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने । हाम्रो पन्च लाइन ‘द वल्र्ड मिस नेपाली क्रिकेट’ पनि छ । यो संस्करण हामीले टेलिभिजन हेर्ने दर्शकलाई मध्य नजर गर्दै पोडक्सनमा ध्यान दिँदै छौं । त्यसका लागि आवश्क पर्ने पूर्वाधार जस्तै क्यामेरा, लाइट देखी प्राविधिक पाटोलाई हामीले विषेश ध्यान दिने छौं र अन्तर्राष्ट्रिय स्तरमा देखिने टेलिभिजनको पर्दा जस्तै बनाउने प्रयास गरेका छौं ।

कोरोनाको महामारी कारण दर्शक मैदानमा उपस्थित नहुने भएकाले प्राविधिक पाटोमा ध्यान दिने लक्ष्य राख्नु भएको हो ?

हामीले सुरुआतबाट नै यो विषयलाई ध्यान दिएर अगाडि बढ्ने लक्ष्य बनाएका थियौं । योजना नै थियो । काम गर्दा हामीले दुई वर्षपछिको लक्ष्य के हुनेछ भनेर काम गरिरहेका छौं । सुरुआतबाट नै हामीले २०२० को संस्करणमा प्रोडक्सनमा ध्यान दिने योजना बनाएका थियौं । अघिल्ला संस्करणमा हामीले केही गरेको हो तर केही कमी कमजोरी भएका हुन् । कोरोनाकै कारण २०२० को संस्करण धकेलियो । २०२१ मा आयोजना हुन लागे पनि २०२० कै सम्झौता अनुसार आयोजना हुन लागेको हो । दर्शक उपस्थित हुने नहुने अन्योल एक दिन अवस्य थियो । यसैलाई ध्यान राखेर हामीले प्रोडक्सनमा विशेष ध्यान दिएका थियौं । प्रोडक्सनबाट नै नेपाली स्पोट्सलाई परिवर्तन गर्न चाहन्छौं । जसले गर्दा प्रत्यक्ष प्रसारण गर्दा प्रोडक्सनमा ध्यान दिनु पर्छ भन्ने सन्देश दिन चाहन्छौं ।

राम्रो प्रोडक्सन भयो भने हामीले नेपाली स्पोर्ट्सका प्रतिभावन खेलाडीलाई विश्व भर चिनाउन सक्छौं । यसलाई ध्यान सक्यौं भने नेपाली क्रिकेटका लुेकेका प्रतिभावान खेलाडी विश्वमा चिनिन सक्छन् । यो वर्ष इपिएलले १ सय ५५ भन्दा बढि देशमा प्रसारण गर्ने प्रयासमा छ । यसै कारण नेपालको मैदानमा हुने खेललाई नेपाल भन्दा बाहिर भएको नेपालीले सहजै रुपमा हेर्न पाउने छन्, इपिएलको प्लाटफर्मबाट ।

कोरोना महामारीले धकेलिएको २०२० संस्करणमा नाम चलेका खेलाडी ल्याउने घोषणा गरिएको थियो । स्थगित भएसँगै त्यो सम्भव भएन । के यो संस्करणमा नाम चलेका खेलाडी प्रतियोगिता खेल्न आउँछन् ?

नाम चलेको एक वा दुई खेलाडीको उपस्थितिले कुनै पनि स्पोट्स इभेन्ट वा लिगलाई ब्याख्या गर्नु न्यायोचित हुँदैन, गर्नु पनि हुँदैन् । हामीलाई चर्चित खेलाडी ल्याएर प्रतियोगिता खेलाउन मन छ । क्रिस गेल आएर इपिएल नै माथि जान्छ भन्ने सोच गलत हो । हाम्रो आफ्नो समझदारी छ । क्रिस गेल आए प्रतियोगिता रंगीन हुन्छ । राम्रो हुन्छ । अनि विश्व क्रिकेटमा विश्वको नम्बर एक खेलाडी नेपालमा गएर क्रिकेट खेल्यो भन्ने सन्देश पनि पुग्छ । त्यसमा आर्थिक पाटो पनि रहन्छ । आइहाल्दैमा राम्रो हुन्छ भन्ने मात्र पनि हुँदैन ।

क्रिस गेलको विषयमा भारतमा आयोजना हुने इन्डिय प्रिमियर लिग (आईपिएल)को तालिकाले पनि फरक पार्छ । तालिका नजुधे क्रिस गेल नेपाल भ्रमण गर्न निकै इच्छुक छन् । यो वर्ष आयोजना हुने प्रतियोगिताका लागि नेपालमा विश्व चर्चित खेलाडीको उपस्थिति हुनेछन् । पूरा गर्नु पर्ने सबै मापदण्ड पूरा भएपछि मात्र खेलाडी नेपाल प्रवेश गर्नेछ ।

हाम्रो देश बराबर भएका खेलाडीको उपस्थिति भन्दा टेस्ट खेल्ने राष्ट्रका अझ चर्चित खेलाडीलाई अनुबन्ध गर्ने तयारी भइरहेको छ । एसोसियट देशका खेलाडी नलिने भन्ने सोचमा पुगेका छौं । एसोसियट राष्ट्रका खेलाडी भन्दा टेस्ट राष्ट्रका खेलाडीलाई ल्याएर लिगलाई अभैm अगाडि बढाउन चाहन्छौ । इङ्ल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, श्रीलंका जस्ता देशबाट हामी खेलाडी ल्याउने प्रयास गरेका छौं ।

लुकेका प्रतिभालाई उर्जागर गर्ने लक्ष्य इपिएलको हो भन्दै आउनु भएको छ । तीन संस्करण पूरा गर्दा लुकेका प्रतिभा भेट्ने लक्ष्य पूरा भएको छ ?

यो लिग उदय हुँदै गरेका खेलाडीका लागि हो । कुनै चर्चित खेलाडीका लागि हैन । नेपालको ठूलो खेलाडीका लागि यो प्रतियोगिता होइन । ठूलो खेलाडीले क्रिकेटमा स्थान बनाइसकेको छ । नाम कमाइसकेका छन् । यो लिग विल्कुल नयाँ खेलाडीका लागि हो । नयाँ खेलाडीलाई दिइएको प्लाटफर्म हो । हाम्रो लक्ष्य छ ट्यालेन्ट हन्ट जुन हामीले गरिरहेका छौं र हरेक फ्रेन्चाइज टोलीले गर्छ, त्यो उनै उदाउँदै गरेका खेलाडीका लागि हो । त्यसका अलाव हामीले स्पेशल ट्यालेन्टलाई पनि समावेश गरेका छौं । यो संस्करणमा कम्तीमा पनि ३ देखी ४ नयाँ चर्चित नयाँ खेलाडीको नाम दर्शकले सुन्न पाउनु हुनेछ ।

चौथो संस्करण सम्म आइपुग्दा यत्रो ठूलो प्रतियोगिता आयोजना गर्दा विज्ञापन दिने देखी लगानीकर्ताको लगानी ठूलो अर्थ राख्ने गरेको छ । तीन संस्करण आयोजना गर्दा र एपिएल आयोजना गर्दा चुनौति के के अनुभव गर्नु भएको छ ? अहिलेको अवस्था कस्तो छ ?

चुनौति कहिल्यै पनि बन्द हुँदैन । आगामी दिनमा अगाडि बढ्दै जाँदा चुनौति अझै थपिँदै जान्छ । २०१६ को चुनौति र २०२१ को चुनौतिमा धेरै फरक छ । २०१६ मा स्थापना हुनुको चुनौति धेरै थियो । नयाँ योजना र कार्यक्रमको चुनौति थियो । विश्वासको कुरा थियो । २०२१ मा हामी सबैले खेपेको चुनौति कोभिड–१९ को रहेको छ । प्रतियोगिता हुने नहुने अनिश्चितता छ । दिन दुई गुना र रात चौगुना चुनौतिहरु थपिएका छन् । केही दिनमा वा केही साता वा केही महिनामा नै समाधाने हुने संकेत देखिएको छैन् । यद्यपि हामी अगाडि बढ्नु नै छ । डेढ वर्ष देखी हामी कोरोनाबाट बाँच्न संघर्ष गरिरहेका छौं ।

स्पोर्ट्स भनेको चलायमान क्षेत्र हो । मानिस मानिसमा खेलले एक सूत्रमका बाध्न सक्छ । सकारात्मक उर्जा दिन सक्छ । तर पनि मार्केट फराकिलो छ । कसैसँग दीर्घकालिन योजना छ । लगानी कर्तालाई लगानी गर्ने विश्वास दिलाउन सक्ने क्षमता हुने हुँदा मार्केट सहज छ । इपिएलको कुरा गर्दा मल्टीनेस्नल ब्रान्ड हरु जोडिएका छन् । इपिएल कुन दिशामा गइरहेको छ र कुन लक्ष्यका साथ अगाडि बढ्को छ । लगानी कर्ताले इपिएललाई मूल्यांकन गरिसक्नु भाको छ ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार १७:४६