१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

तस्बीरमा हेर्नुहोस्, १० बुँदे सहमतिपछि एमाले नेताको अनुहारमा देखिएको खुशी


७ असार, काठमाडाैँ । १० बुँदे सहमतिसँगै एमाले विवाद टुंगिएको छ । एमालेले विवाद समाधानका लागि गठन गरेको कार्यदलका सदस्यद्धारा सहमतिमा हस्ताक्षर भएको छ । कार्यदलका सदस्य एवं एमाले सचिव गोकर्ण विष्टले १० बुँदे सहमतिमा हस्ताक्षर भएको दैनिकीलाई जानकारी दिनुभयो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको बीचमा सहमति भएर बनेको कार्यदलमा संस्थापन पक्षबाट सुवास नेम्वाङ, विष्णु पाैडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल हुनुहुन्छ भने माधव समूहबाट डा भीमबहादुर रावल, गोकर्ण विष्ट, घनश्याम भुषाल, सुरेन्द्र पाण्डे र रघुजी पन्त सदस्य हुनुहुन्छ । सहमति जुटेपछि नेताहरूको अनुहारमा खुशी छाएको छ । हेर्नुहोस् तस्बीर ।

प्रकाशित मिति : २७ असार २०७८, आईतवार २३:३८